२०८१ मंसिर ९, आईतबार
काठमाडौं:
कोभिड(१९ को नयाँ ओमिक्रोन भेरियन्टका संक्रमित बढ्न थालेपछि भारतको दिल्लीमा थप प्रतिबन्ध लगाइएको छ । मंगलबार दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले ‘ग्रेडेड रेस्पोन्स एक्शन प्लान’ लागू गरिएको जानकारी गराएका छन् । ‘यलो अलर्ट’ लागू भएपछि दिल्लीका सबै शैक्षिक संस्था बन्द गरिने भारतीय समाचारमाध्यमले जनाएका छन् । त्यस्तै, विवाह समारोह र दाहसंस्कारमा २० जनाभन्दा बढी भेला हुन पाउने छैनन् भने ५० प्रतिशत क्षमतामा मात्रै दिल्लीका मेट्रो र बस सेवा सञ्चालन गर्नुपर्ने छ । यसबाहेक, सिनेमा हल, पार्टी प्यालेस र मनोरञ्जन केन्द्रसमेत बन्द गरिनेछ । ५० प्रतिशत क्षमतामा बिहान ८ बजेदेखि राति १० बजेसम्म रेष्टुरेन्ट सञ्चालन गर्न पाइनेछ । अटो, ई(रिक्सा, ट्याक्सीमा दुईजनाले मात्रै यात्रा गर्न पाउने लगायतका नियम लागू हुनेछन् । हालसम्म भारतका २१ राज्यमा ओमिक्रोन भेरियन्ट फैलिएको छ । ओमिक्रोनका संक्रमितमध्ये सबैभन्दा धेरै महाराष्ट्र र दिल्लीमा छन् । महाराष्ट्रमा मंगलबारसम्म १६७ जना र दिल्लीमा १६५ जनामा यो भेरियन्ट पुष्टि भएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी