२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर:
कञ्चनपुरमा एक वडा सदस्यले मादप पदार्थ सेवन गरी रमिता मच्चाएका छन् । मंगलवार कृष्णपुर नगरपालिका ८ को वडा कार्यालयमा निर्माणका लागि टेण्डर समेत भइसकेको विकास बजेट अन्तै सारिएपछि स्थानियले कार्यालयमा ताला लगाएका थिए उक्त विवाद मिालउन आएका वडा सदस्य जयबहादुर भण्डारी आफै नशामा मातिएपछि प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय जनप्रतिनिधिले वडाको शान्तिपुर र मजगाइ जोड्न नालामा बन्ने पुलको बजेट भित्रभित्रै अन्तै सार्न खोजेको स्थानीयको दुखेसो छ । त्यसैले विरोधमा उत्रिएको स्थानीयको भनाई रहेको छ । स्थानीय प्रेम चौधरीले पुल निर्माणको टेण्डर समेत भइसकेको र तोकिएको स्थानबाट ८ नम्बर वडाको बालुवाघाटमा सार्न खोजिएकाले आफूहरूले कुनै पनि हालतमा सार्न नदिने बताए । तर वडाध्यक्ष अमरसिंह बडायकले विवादको कारण आफूले बुझ्न नसकेको बताए । यद्यपि छलफल जारी रहेको बताउँदै वडाध्यक्ष बडायकले कसैले चाहेर पनि बजेट सार्न नमिल्ने उल्लेख गरे । कृष्णपुर नगरपालिकाले पुल निर्माण गर्न ४५ लाख रुपैयाँ बजेट विनियोजन गरेको वडा कार्यालयले जनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी