२०८१ मंसिर १२, बुधबार
महेन्द्रनगर:
नेकपा एकिकृत समाजबादी पार्टी निकट नेपाल दलित मुक्ति सँगठन कञ्चनपुरको प्रथम भेला सम्पन्न भएको छ । उक्त भेला बाट मदन सेरालाको अध्यक्षतामा ७५ सदस्यीय समिति सर्वसम्मत चयन गरिएको छ । यस्तै, बरिष्ठ उपाध्यक्षमा प्रेम बि.क. उपाध्यक्षमा क्रमशः दवय मन्जु सुनार र हरिना वड, सचिवमा प्रेम बहादुर सुनार, उप सचिवमा शान्ती सुनार र कोषाध्यक्षमा पदम बहादुर सुनार लगायतका चयन गरिएको नेकपा एकिकृत समाजवादीका प्रदेश सदस्य तथा दलित मुक्ति सँगठनसुदूरपश्चिम प्रदेशका अध्यक्ष बिनोद नेपालीले जानकारी दिएका छन् । आफुले विद्यार्थी राजनिति देखी पार्टी संगठनको ९ वर्षको यात्रा सम्हाल्दै आएको र आफ्नो पार्टीबाट दलित समुदायका हितका लागी सधै तत्पर रहने साथै दलित भएका कारण राज्यको हरेक सेवा सुबिधाबाट बञ्चित हुनु परेकाले यसका बिरूद्ध पनि यस अघि पनि लाग्दै आएका कारण आगामी दिनमा पनि आवज बुलन्द पार्दै अगाढी बढने अध्यक्ष नेपालीले उदघोष गरे । महेन्द्रनगरमा सम्पन्न भेलामा प्रमुख अतिथिमा रहेकी एकिकृत समाजबादीका केन्द्रिय सदस्य माया पन्तले कार्यक्रममा बोल्दै दलित माथि हुने गरेका दमन र छुवाछुतको अन्त्यका लागि दलित समुदाय एकजुट भई बिद्रोह गर्नु पर्ने बताईन् । २१ औँ शताब्दीमा पनि दलित समुदाय माथि शोषण भईरहेकाले अब पनि चुप लागेर बस्न नसकिने र दलित समुदायलाई एकिकृत गर्दै जातिय छुवाछुत तथा दमनका बिरूद्ध एकजुट हुन र विभेद अन्त्यका लागि आफु बाटै शुरु गर्न पनि आग्रह गरिन् । त्यसै गरी समाजबादीका जिल्ला उप सचिव आर्पी सार्कीले समाजबादी पार्टी कञ्चनपुरमा बलियो पार्टीका रुपमा उभ्याउन सम्पुर्ण नेता , कार्यकता एक ढिक्का भएर लाग्न जरुरी रहेको बताए । सबै एक जुट भएर दलितका हितका लागी लड्न तयार हुन पर्ने उनले जोड दिए । दलित मुक्ति सँगठन कञ्चनपुरका अध्यक्ष बिनोद नेपालीको सभापतित्वमा भएको भेलामा प्रताप तिरूवा, गणेश धामी, श्याम सुनार, समाजबादीका जिल्ला उप सचिव आर्पी सार्की लगायतको सहभागिता रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी