२०८१ मंसिर १२, बुधबार
महेन्द्रनगर:
शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा शनिवारदेखी जलपक्षी गणना सुरु गरिएको छ । निकुञ्ज भित्रका र बाह्य क्षेत्रका तालतलैया तथा नदीमा जलपक्षी गणना सुरु गरिएको हो । जलपक्षी गणनाका लागि निकुञ्ज कार्यालयका कर्मचारी, नेपाल पक्षी संरक्षण सङ्घका विज्ञहरु, हिमाली प्रकृति, एनटिएनसी, नेचर गाइड एशोसिएशनका प्रतिनिधिलगायतको सहभागिता छ । सङ्घका चराविज्ञ हिरुलाल डगौराका अनुसार गणनामा वाइनाकुलर, टेलिस्कोप, क्यामेरा लगायतको प्रयोग गरिएको छ । जलपक्षी गणना रानीताल, ताराताल, कालीकिच ताल, बेदकोट, बन्दाताल, पुरैनीताल, प्याराताल, स्याली नदी, चौधर नदी र सीमसार क्षेत्रमा हुने बताइएको छ । यस वर्ष जलपक्षी गणना गर्दा उनीहरुले बस्ने तालको अवस्थाका बारेमा जानकारी लिने, तालबारे जिपीएस लोकेशन लिने, विगतको पानीको सतह र अहिलेको पानीको सतहबारे रेकर्ड राख्ने, सिमसार क्षेत्रको अवस्था, तालमाथिको मानवीय अतिक्रमण तथा प्राकृतिकरूपमा भएको क्षतिबारेसमेत जानकारी समेत लिइने जनाइएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी