२०८१ मंसिर १२, बुधबार
महेन्द्रनगर । कन्चनपुरले कृष्णपूर नगरपालिकामा एकल महिला समूह गठन गरेको छ । मानव अधिकारको लागि महिला एकल महिला समूहले आइतबार संगठन विस्तार गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि रहेका नगर प्रमुख कर्ण हमालले कृष्णपुरमा एकल महिलाका लागि बजेट छुट्याएको बताए । ४० बर्षसम्म पनि बिवाह नगरि बसेका एकल महिलालाई मासिक एक हजार रपैयाँ साथै ६० बर्षभन्दा माथीका एकल पुरुषलाई पनि मासिक एक हजार रुपैयाँ आर्थिक सहयोग दिने निर्णय नगरपालिकाले गरेको बताए । यसका साथै नगरपालिकाले जेष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिहरुलाई निशुल्क स्वास्थ्य परिक्षणका लागि पनि नगरपालिकाले बजेट छुट्याएको नगर प्रमुख हमालले जानकारी दिए ।
मानव अधिकारका लागि महिला एकल महिला समूह कञ्चनपुरकी अध्यक्ष जानकी जोशीले अहिले पनि एकल महिलाहरुलाई समाज समुदायमा अवहेलना तथा नराम्रो दृष्टिकोणले हेर्ने भएकाले एकल महिलाहरुलाई संगठित बनाएर आफनो हक अधिकारको लागि सक्षम बनाउने बताईन ।
कृष्णपुर नगरपालिकाका नगर प्रमुख कर्ण वहादुर हमालको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख रमिता राना वडायकको बिशिष्ट अतिथ्यतामा पदमा ओझाको अध्यक्षतामा नगर स्तरिय समुह गठन गरेको हो ।
समुहको उपाध्यक्षमा यसोदा भट्ट, सचिव बिमला श्रेष्ठ पाण्डे, कोषाध्यक्ष निषा वम तथा सदस्यहरुमा खेमा वि क, कमला धामी, भागरथि साउद, दुर्गा देवि मडै, सरीता महता, सिता चौधरी र भज्जो राना रहेका छन् । कार्यक्रम संचालन चन्द्रा खडायतले गरेकी थिईन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी