२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । नेकपा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले सुदूरपश्चिम बिश्वबिधालयका गतिविधि माथी गम्भीर ध्यानाकर्षण भएको भन्दै आफनो आन्दोलनलाई कडाई का साथ अगाढी बढाउने उदघोष गरेको छ ।
सोमवार पत्रकार सम्मेलन गर्दै विस्व विधालयमा भएका अबैधानिक नियुक्ती, ईन्ट्रान्सको नाममा लिईएको जथाभावी शुल्क, अनलाईन परिक्षामा आफु निकट बिधार्थीहरुका उत्तरपुस्तिका अबैधानिक तरिकाबाट परिक्षण गरी परिक्षामा उत्तिर्ण गर्ने, लगायतका १३ वटा माग सार्वजनिक गरिएको छ ।
पौष ७ गतेका दिन अबैधानिक राजनैतिक भागबन्डामा गरिएका नियुक्ति खारेज सहित उपकुलपति को कार्यकक्षमा गरिएको तालाबन्दी सम्बन्धि उपकुलपतिले गम्भीर भएर समस्या समाधान गर्नुपर्ने ठाउमा उल्टै बेवास्ता गरेकाले हामीले पुनः सु.प बिश्वबिद्धालयको गम्भीर ध्यानाकर्षण गराउनका लागी आज अनेरास्ववियू जिल्ला कमिटीले पत्रकार सम्मेलन मार्फत प्रेस बक्तव्य जारी गरेको अनेरास्ववियू जिल्ला संयोजक रमेश पन्तले जानकारी दिए ।
विस्वबिधालयमा भएका वेतिथीका विरुद्धमा उपकुलपतिको कार्यकक्षमा गरिएको तालाबन्दी खुलाउने विषयमा बेवास्ता सम्बन्धीत पक्ष जिम्मेवार नभउको वार्ता सम्वाद र आपसी छलफल नगरी राजनैतिक प्रतिसोध साध्ने खालका प्रवृती भएकाले र तालाबन्दी पश्चात पनि विस्वविधालयका बिभिन्न निर्णय तथा कार्यहरु गर्दै विस्वविधालयलाई निजी र्पतृक सम्पती ठानी विस्वविधालयलाई झोलामा सिमीत राख्ने खोज्नुले पदाधिकारीहरुले बिधालयको हित विपरित आफनो धन्दा संचालन गरिरहेको प्रती आफनो संगठनले घोर आपत्ती प्रकट गरेको अनेरास्ववियू जिल्ला सहसंयोजक प्रज्वल कुँवरले बताए ।
विस्व विधालयको ताला खोल्नुको साँटोमा विस्वविधालयलाई मनोमानी गर्ने, कमाई खाने भाँडो बनाउने र सवारी साधनको चरम दुरुपयोग गरी विस्वविधालयलाई निजी कम्पनी बनाएर झोलामा बोक्न खोज्ने प्रवृत्तीका विरुद्ध आफनो आन्दोलन अझै सशक्त बनाउन पर्ने बाध्यात्मक अवस्था सिर्जना भएकाले विस्स्वविधालयका पदाधिकारीहरुलाई जिम्मेवारी बन्न दवाब स्वरुप पदाधिकारीहरुको सवारी साधनको चावी नियन्त्रणमा लिने उनले बताए ।
निजी विधालयमा पढनको लागि बिधार्थीहरुको ईन्टान्स शुल्क नलिएर अध्यापन गराई रहेको अवस्थामा सरकारी विबधालयमा २ हजार देखी २५ सय रुपैँया लिएर गरिबका छोराछोरीहरुको पेटमा लात्ता हान्ने काम गरिएको विरुद्धमा आफुहरुको आन्दोलन रहेको उनले बताए ।
आफे मागहरु पुरा नहुन्जेल सम्म उपकुलपतिको कार्यकक्षमा लगाईएको ताला नखोल्ने माग पुरा भएपछि मात्रै ताला खोलेर फेरी पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिने बताएका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी