२०८१ मंसिर १२, बुधबार
महेन्द्रनगर । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिमबाट राष्ट्रियसभा सदस्यका लागि पार्टीकी केन्द्रीय सदस्य तथा सुदूरपश्चिम इन्चार्ज मदनकुमारी शाह (गरिमा) लाई उम्मेदवार बनाएको छ । सत्ता गठबन्धनमा भएको भागबण्डा अनुसार नेकपा एसले ५ सदस्य पाएको छ । शाह महिला तर्फबाट उम्मेदवार भएकी हुन् । शाह यसअघि ०७० सालको संविधान सभा सदस्य पनि हुन् ।
यस्तै प्रदेश १ बाट जयन्ती राई, बागमतीबाट गोमा तिमल्सिना, लुम्बिनीबाट राजेन्द्रलक्ष्मी गैरे, कर्णालीबाट उदयवहादुर बोहोरालाई उम्मेदवार बनाइएको प्रचार विभाग प्रमुख तथा उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिएका छन् ।
सुदूरपश्चिममा रिक्त तीन राष्ट्रियसभा सदस्यका लागि सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच गठवन्धन भएको छ । माघ १२ गते हुने निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यक्रम छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी