२०८१ मंसिर ९, आईतबार
काठमाडौं । टीकापुर घटनाका मुख्य आरोपित भनिएका रेशम चौधरीले नयाँ दल ‘नागरिक उन्मुक्ति पार्टी’ गठन गरेका छन् । कानुनीरुपमा उनले आफ्नो नाममा दल दर्ता गर्न नपाएपछि श्रीमती रञ्जिता श्रेष्ठ चौधरीलाई यसको कार्यभार सुम्पिएका छन् ।
पार्टी गठन गर्नुअघि रेशम चौधरीले श्रीमती रञ्जितालाई पूर्व झापादेखि पश्चिम कञ्चनपुरसम्म अभियानमा पठाएकी थिइन् । थारु अगुवाहरुबाट राम्रै सुझाव पाएका रेशमले अन्नततः पार्टी खोल्ने निर्णयमा पुगेका हुन् । त्यसका लागि रञ्जिता श्रेष्ठ चौधरीको संयोजकत्वमा गत मंसिर १७ र १८ गते काठमाडौंमा दुई दिने भेला आयोजना गरिएको थियो ।
रेशम चौधरीको श्रीमती रञ्जिता चौधरीको अध्यक्षमा गठित नागरिक उन्मुक्ति पार्टीले देशभरि संगठन विस्तार गर्ने जनाएको छ । प्रतिवेदनमा भनिए अनुसार केन्द्रीय कमिटी १०१ सदस्यीय, प्रदेश कमिटी २५ सदस्यीय र जिल्ला कमिटी पनि २५ सदस्यीय हुनेछ । त्यस्तै क्षेत्रीय कमिटी, नगर–गाउँ र वार्ड कमिटी पनि २५ सदस्यीय हुनेछ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी