२०८१ मंसिर ७, शुक्रबार
महेन्द्रनगर । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले करिब २ लाख मुल्य बराबरको बिभिन्न सामानहरु बरामद गरेको छ । २ स्थानबाट अवैध रुपमा भन्सार छलेर ल्याइएका सामान बरामद गरेको हो ।
ईलाका प्रहरी कार्यालय गुलरियाबाट खटिएको प्रहरी टोलीले कृष्णपुर नगरपालिका–५ आमखैया जंगलबाट अन्दाजी १ लाख ८ हजार मूल्य बराबरको कोट पाइन्टका कपडा बरामद गरेको छ ।
यस्तै भीमदत्त नगरपालिका–४ बजारबाट अन्दाजी ८६ हजार ९ सय मूल्य बराबरको जुत्ता, चिनी, पशु आहारा बाथरुम हेकर,चुक्कुल र बाथरुम स्टिल बरामद गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । यसरी बरामद भएका कूल १ लाख ९४ हजार ९ सय मूल्य बराबरको सामान आवश्यक कारबाहीका लागि त्रिनगर भन्सार कार्यालय कैलाली र गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर पठाइएको प्रहरीले जानकारी दिएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी