२०८१ मंसिर ८, शनिबार
काठमाण्डौ । भारतको दिल्लीमा कोभिड–१९ का संक्रमित बढ्दै गएपछि प्रतिबन्धात्म नियममा थप कडाइ गरिने भएको छ । दिल्लीमा सप्ताहन्त अर्थात् शनिबार र आइतबार कर्फ्यू लगाइने भएको छ ।
शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ५ बजेसम्म कर्फ्यू जारी रहने छ । यसबाहेक, दिल्ली सरकारले सरकारी कार्यालय बन्द गर्ने फैसला समेत गरेको भारतीय समाचार माध्यमले जनाएका छन् । यस क्रममा सरकारी कर्मचारीले घरबाटै वा अनलाइनमा काम गर्नुपर्ने भएको छ ।
त्यस्तै, दिल्लीमा शतप्रतिशत क्षमतामा मेट्रो र बस सञ्चालन गर्ने निर्णय समेत भएको छ। बस स्टेशनमा यात्रुको भीड नहोस् भनेर पूर्ण क्षमतामा सञ्चालन गर्ने निर्णय हो । तर मेट्रो र बसमा यात्रा गर्दा मास्क अनिवार्य लगाउनु पर्नेछ ।
यसअघि त्यहाँ कोभिड १९ को बढ्दो संक्रमणबीच मेट्रो र बसमा यात्रा गर्नेको संख्या सीमित पारिएको थियो । दिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदियाले ओमिक्रोनका संक्रमित अस्पताल भर्ना हुनुपर्ने अवस्था नआएको र यो भेरियन्टका लक्षण सामान्य भएकाले योभन्दा कडा प्रतिबन्ध लगाउन आवश्यक नदेखिको बताए । तर शनिबार र आइतबार अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्किन समेत सिसोदियाले आग्रह गरेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी