२०८१ पौष ३, बुधबार
प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गत सुदूरपश्चिम छनौटको उपाधि कञ्चनपुरले जितेको छ । फाइनल खेलमा कञ्चनपुरले बैतडीलाई ३८ रनले हराएर उपाधि हात पारेको हो ।
कञ्चनपुरले दिएको १९६ रनको लक्ष्य बैतडीको पारी १५७ रनमा समेटियो। बैतडीका लागि गजेन्द्र बोहराले सर्वाधिक २६ रन बनाए। बलिङतर्फ कञ्चनपुरका आदित्य महताले तीन तथा अर्जुन साउद र प्रकाश विष्टले दुई दुई विकेट लिए। त्यसअघि पहिला ब्याटिङ गरेको कञ्चनपुरले निर्धारित ४० ओभरमा आठ विकेट गुमाउँदै १९५ रन जोड्यो ।
उसका लागि अनुराग सिंहले ४७ र हेमन्त धामीले ४२ रन बनाए। बलिङतर्फ बैतडीका लागि जगदीश चन्दले तीन विकेट लिए । कञ्चनपुरका आदित्य महतालाई खेलको म्यान अफ दी म्याच घोषित गरिएको सुदूरपश्चिम प्रदेशका क्रिकेट प्रशिक्षक खेमराज भट्टले जानकारी दिए । यही पुस १४ गतेदेखि सुरु भएको प्रदेशस्तरीय छनौट प्रतियोगितामा आठ जिल्लाका टोली सहभागी थिए । सहभागीमध्ये उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई छनौट गरी सुदूरपश्चिमको टोली बनाइनेछ । उक्त टोलीले प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनेछ । नेपाल क्रिकेट सङ्घको आयोजनामा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुस २५ गतेदेखि काठमाडौँमा हुँदैछ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी