२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । डडेल्धुराका युवाहरुले पार्टीका नेता कार्यकर्ताहरुलाई अब हुने स्थानिय चुनावका बेलामा आफनो गाउँमा प्रवेश निषेध गरेका छन् । डडेल्धुराको अमरगढी नगरपालिका १ मालममा युवाहरुले वुधवार बिभिन्न प्रश्नहरु लेखिएको व्यानेर टाँगेर नेता कार्यकर्ताहरुलाई प्रवेश निषेध गरेका हुन् ।
२०–२५ जनाको नेतृत्व मा उक्त बेनेर बनेको हो । नेता हरु ले चुनाब मा आशवासन मात्र दिने तर काम कहिले पूरा नगर्ने भएकाले युवाहरु ले चेतावनी स्वरुप उनिहरुलाई चेतना दिनको लागि आफनो गाउँमा प्रवेश निषेध गरेको स्थानिय युवा तथा समाजसेवी सुरत तमोलीलले जानकारी दिएका छन् ।
चुनावमा आएर चिल्ला भाषण गर्ने, आश्वासन बाडने, गफ मात्रै दिने नेताहरुलाई सचेत गर्नको लागि र अब हुने स्थानिय चुनावमा केही सिकाई होस भनेर यो जुक्ती निकालेको उनले बताए ।
अब उक्त अभियान सिङ्गो १ नम्बर मा संचालन गर्ने र पहिलेको चुनाब भन्दा अब हुने चुनाब केही फरक हुने समाजसेवि सुरत तमोलि ले बताए । आश्वासनमै कतिपय युवाहरुले वेरोजगारको सामना गर्नु परेको र कतिपय विदेश पलायन भएर आफनो घरपरिवार बाट टाढा दुख गर्नुपर्ने वातावरणको सिर्जना गर्ने नेता कार्यकर्ताहरुलाई अबको चुनावमा गरिने घरदैलो कार्यक्रममा मालम गाउँमा नआउन उनले आग्रह पनि गरेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी