२०८१ मंसिर १२, बुधबार
महेन्द्रनगर । नेकपा (एकीकृत समाजवादी) ले दार्चुलामा आफ्नो संगठन विस्तार अभियानलाई तीव्रता दिएको छ । यसैक्रममा मार्मा गाउँपालिकाको प्रथम भेला सम्पन्न भएको छ ।
नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवं सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पुर्णा जोशीको प्रमुख आतिथ्यतामा मार्मा गाउँपालिकाको प्रथम गाउँपालिका भेला सम्पन्न भएको हो ।
भेलाबाट जगतसिंह बिष्ट (सोबन) गाउँ कमिटी अध्यक्षमा सर्बसम्मत चयन भएका छन् । यस्तै उपाध्यक्षमा बिसन सिंह धामी र हरक सिंह बिस्ट, सचिवमा हेमराज जोशी रहने गरि ३७ सदस्यीय गाउँपालिका कमिटी चयन गरिएको जिल्ला कमिटी अध्यक्ष बिरबहादुर ठगुन्नाले बताए ।
उक्त भेलालाई सम्बोधन गर्दै मन्त्री जोशीले देशकै एक नम्बरको पार्टी बनाउने अध्यक्ष माधब नेपालको सपना सकार गर्न आफुले नेकपा एकीकृत समाजवादी रोजेको बताएका छन् ।
भेलामा एकीकृत समाजवादीका प्रदेश कमिटी सदस्य ईन्द्रसिंह बिष्ट, प्रदेश कमिटी सदस्य गणेशकुमार जोशी, जिल्ला कमिटी अध्यक्ष बिरबहादुर ठगुन्ना लगायतका अन्य नेताहरुको आतिथ्यता रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी