२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर । तत्कालीन नेकपा एमाले नवदुर्गा गाउँपालिका र वडा कमिटी नेकपा ९एकीकृत समाजवादी० डडेल्धुरामा समाहित भएको छ । बिहीबार जिल्ला सदरमुकाममा बसेको चौथो जिल्ला कमिटीको बैठकले तत्कालीन नेकपा एमाले नवदुर्गा गाउँपालिका र वडा कमिटी नेकपा एकीकृत समाजवादीमा समाहित हुने निर्णयलाई अनुमोदन सहित स्वागत गर्ने निर्णय गरेको छ ।
बैठकले २७ सदस्यीय जिल्ला सचिवालय पनि गठन गरेको छ । जिल्ला सचिवालयमा तुलाराम बोहरा, प्रेम साउँद, सुरेन्द्र बिष्ट, कमला साउद, जय बहादुर एर, टेक भण्डारी, डम्बर साउँद, सुरेन्द्र मल्ल, लक्ष्मी गैराल, राजेन्द्र पन्त, छत्र जोशी र राजेन्द्र मगर छन् ।
यस्तै, डम्बर थापा, राजु थापा, संगीता भण्डारी, लक्ष्मण पाल, भुवन पाठक, सुरेन्द्र बुढाऐर, धर्म पडाल, गोबडी देब जोशी, पदम बोहरा, जनक मल्ल, प्रेमसिंह धामी, धिरेन्द्र बोहरा, रतन बिष्ट, पदमबहादुर बिष्ट र हर्कबहादुर बिष्ट पनि जिल्ला सचिवालयमा अटाएका छन् ।
यसैगरी बैठकले १८ जनालाई जिल्ला कमिटीमा मनोनित गरेको छ । बैठकले दिपराज जोशी, चेतराज धिक्त, डम्बरबहादुर बिष्ट, पदम भूल, तारा प्रसाद भट्ट, शेरबहादुर धामी, भीमबहादुर बोहरा, रोशन बिष्ट, पूजा अवस्थी, दीपेन्द्र शाही, राजमति साउँद, निर्मला बिष्ट, रतना विक, दीपकबहादुर बोहरा, बलबहादुर बिष्ट, पदम बहादुर बिष्ट र रूद्रबहादुर ऐरलाई जिल्ला कमिटीमा मनोनित गरेको हो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी