२०८१ मंसिर १२, बुधबार
महेन्द्रनगर:
कञ्चनपुरमा प्रहरीले लेनदेन मुद्धाकी फरार कसुरदारलाइ पक्राउ गरेको छ । भिमदत्त नगरपालिका ५ वनगाँउ बस्ने नरमाया तामाङलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रहरी टोलीले आज (शुक्रबार) पक्राउ गरेको हो । कञ्चनपुर जिल्ला अदालतको मिति २०७७।०८।०९ गतेको फैसलाले उनलाइ ३ बर्ष कैद सजाय तोकेको थियो । तर, उनी फरार रहेकी थिइन्। उनी लेनदेन मुद्धाकी कसुरदार हुन् । फरार तामाङलाई पक्राउ गरेर अदालतमा पेश गरिएको र अदालतबाट कैदी पुर्जी जारी गरी कैद सजाय भुक्तानको लागी कारागार चलान गरिएको बताइएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी