२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर:
कञ्चनपुरको पश्चिमी सिमानाका गड्डाचौकीमा पछिल्लो ४ दिन यता कोरोना संक्रमितको संख्यामा बढोत्तरी हुँदै गई रहेको छ । मंगलवार १३ जना, वुधवार २० जना र विहिवार ७० जना र शुक्रवार ४६ जनामा कोरोना संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । ४ दिनमै १ सय ४९ भन्दा बढीमा कोरोना संक्रमण देखिएको हो । भारतको राजधानी दिल्ली, हैदरावाद मुम्वई बाट आउने नेपालीहरुमा कोरोना संक्रमण दर उच्च रहेको पाईएको छ । विगत ४ दिन यता को तथ्याङक हेर्ने हो भने यो अवस्थालाई मध्ये नजर गर्दा अहिले छिमेकी राष्ट्र भारतबाट आउनेको संख्या बढदै गई रहेको छ भने अर्काे तर्फ संक्रमितको संख्यामा पनि वृद्धी भईरहेको छ । कञ्चनपुरमा शुक्रवारको कोरोना अवस्था कञ्चनपुरमा कोरोना संक्रमितको संख्या दिननुदिन बढदै गईरहेका पाईएको छ । शुक्रवारवार एकैदिन ४६ जनामा कोरोना संक्रमित फेला परेको हो । भारतमा पनि कोरोना संक्रमितको संख्या बढी रहेको अवस्थामा नाकामा गरिएको परिक्षणबाट संक्रमितको संख्या बढदै गईरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । एन्टिजिन बिधीबाट गरिएको परिक्षणमा ४० जना पिसिआर परिक्षणबाट ६ जनामा कोरोना पुष्टि भएको हो । विहिवार कोरोना पुष्टि हुनेमा भीमदत्तमा ६ जना, गडडाचौकीमा ४० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ । यो सहित कञ्चनपुरमा कोरोना संक्रमितको अहिले सम्मको संख्या ९ हजार २ सय ९ पुगेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या १ सय ५३ रहेको छ । आज ३ जनाले कोरोना जितेर घर फर्किएका छन् । अहिलेसम्म कोरोनालाई जित्नेको संख्या ८ हजार ८ सय ३५ रहेको छ । कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५ पुगेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी