२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । पछिल्लो केही दिनदेखि सुदूरपश्चिम प्रदेशमा संक्रमितहरुको संख्या बढ्न थालेपछि मुख्यमन्त्री अध्यक्ष रहेको प्रदेश कोभिड–१९ संक्रमण रोकथाम तथा व्यवस्थापन समितिको बैठक बसेर छलफल गरेको छ । छिमेकी मुलुक भारतमा कोरोना संक्रमण बढेपछि सुदूरपश्चिममा सर्तकता अपनाउने तयारी थालिएको छ । भारतबाट नेपाली फर्कने क्रम समेत बढेपछि सुदूरपश्चिम प्रदेश सरकारले रोकथाम तथा नियन्त्रणको तयारी थालेको हो ।
बैठकमा सुदूरपश्चिम भित्रिने सबैजसो नाकामा स्वास्थ्य हेल्प डेस्कलाई थप व्यवस्थित पार्ने, सीमा नाकामा बनाइन लागेका होल्डिङ सेन्टरलाई चाँडो तयारी अवस्थामा राख्ने, प्रदेश सरकारले स्थानीय तह प्रशासन सुरक्षा निकाय तथा सामाजिक संघसंस्थासँग समन्वय गरेर थप कदम चाल्ने लगायतका विषयमा छलफल भएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी