२०८१ मंसिर ८, शनिबार
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीबाट निकालिएको पीडा खप्न नसकेपछि भुक्दै हिँडेको आरोप लगाएका छन् ।
ओलीको कडा आलोचना गर्दै नेता नेपालले कोही डाक्टर भए उपचार गरिदिन पनि सुझाव दिए । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले ओलीले आफूले गज्जब काम गरेको भनेर गुड्डी हाँक्दै हिँडेको आरोपसमेत लगाए ।
ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको टाउकोमा टेकेर आफूलाई अग्लो देखाउन नेकपा एकता गराएको नेता नेपालको टीप्पणी थियो । यस्तै ओलीले पार्टीभित्र सबैलाई अनादर गरेपछि आफूहरूले अलग पार्टी बनाएको उनको दाबी थियो ।
अध्यक्ष नेपालले भने, ‘अहिले तपाईँहरूलाई थाहा छ, केपी ओलीका लागि राप्रपा प्यारो छ । महन्थ ठाकुर प्यारा छन्, केपी ओलीका लागि । विदेशीहरू प्यारा छन् उनका लागि । तर आफ्नै पार्टीका कार्यकर्ताहरू, जसले उनलाई बा भन्दैनन् । जसले उनलाई पुज्दैनन् । जसले उनको भजन गाउँदैनन् उनीहरू प्यारा छैनन् । विचित्र छ, प्रधानमन्त्री बन्ने बेलामा, बालुवाटार जाने बेलामा बरु कार्यकर्ताहरूको जुलुस त्यहाँ पुग्ने गर्छ । तर बालुवाटारबाट बिदा हुने बेलामा त्यहाँ कोही जाँदैनन् । तर केपी बाुको तरिका के भएछ भने बालुवाटारबाट जुलुस भएछ, विजय जुलुस जस्तै । बालकोट पुग्यो । बालकोटको बार्दलीमा बसेर तथानाम गाली गरे । त्यो के हो भने प्रधानमन्त्रीबाट निकालेको पीडा । पीडा धेरै भइसकेपछि त्यो मुखबाट बाहिर निस्कन्छ । कहिले त्यो भोमिट गरेर निस्कन्छ, कहिले शब्दबाट निस्कन्छ ।
तपाईँहरूमध्ये कोही डाक्टर भए उपचार गरिदिनु भए हुन्छ । बिचराको त्यो हालत १ बालुवाटारबाट बालकोट पुग्ने बित्तिकै भुक्नु परेछ । कारण के हो भन्दा उनमा दम्भ सवार हो त्यो । व्यक्तिवाद सवार भयो । मैमत्त प्रवृत्ति सवार भयो । म भन्दा जान्ने, सुन्ने कोही छैन भन्ने प्रवृत्ति हुर्केर आयो ।
यस्तै एमालेमा ओली प्रवृत्ति हाबी भएको भन्दै आफूहरू त्यो भोग्दाभोग्दै दिक्क भएको उनको भनाइ थियो । यस्तै नेता ओलीले दाहालको टाउकोमा चढेर आफूलाई अग्लो देखाउने उद्देश्य राखेको पनि नेता नेपालको टिप्पणी थियो ।
ुत्यो उद्देश्य भनेको हाम्रो प्रचण्डको टाउकोमा चढेर म सबैभन्दा अग्लो छु भनेर देखाउने सोच रहेछ । उहाँको पिठ्यूँलाई सिँढीको रुपमा प्रयोग गरेर अनि आफूलाई अग्लो देखाउने प्रवृत्ति । अनि त्यही प्रवृत्तिले दम्भ सवार भयो । पछि पार्टीमा हेप्न थाल्नुभयो । बैठक नै नगर्ने,’ नेपालले भने ।
ओलीले पार्टीभित्र पनि आफूलाई ुबाु भन्नेहरूलाई मात्रै नजिक ठान्ने र संरक्षण गर्ने गरेको उनको टिप्पणी थियो । तर ओली जस्तै दम्भी नबन्न उनले आफ्ना कार्यकर्तालाई पनि सचेत गराएका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी