२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । कैलालीको कैलारी गाउँपालिकामा तीन दिन विदा दिने निर्णय गरिएको छ । थारु बहुल कैलारी गाउँपालिकाले थारु समुदायको सबैभन्दा ठूलो पर्व माघ (माघी) पर्वको अवसरमा तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
सो गाउँपालिकाको कार्यालयपालिका बैठकले गाउँपालिकाभरि माघको अवसरमा तीन दिन बिदा दिने निर्णय गरेको हो । पुस ३० देखि माघ २ गतेसम्म सबै सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संस्थान, बैङ्क तथा वित्तीय संस्थामा तीन दिन बिदा रहने गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले जानकारी दिए ।
माघ थारु समुदायको सबैभन्दा ठूलो पर्व हो । यसै गरी नयाँ वर्ष पनि । कैलारी गाउँपालिकामा ९७ प्रतिशत थारु जातिको बसोबास रहेको छ । थारु समुदायले तीन दिन धुमधामका साथ पर्व मनाउने गरेकाले गाउँपालिकाले तीन दिन सार्वजनिक बिदा दिएको सूचना अधिकारी कलेलले बताए । अघिल्लो वर्ष पनि सो गाउँपालिकाले माघको अवसरमा तीन दिन सार्वजनिक बिदा दिदैं आएको थियो । माघी पर्वबाट थारु समुदायको नयाँ वर्ष पनि सुरु हुने गर्दछ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी