२०८१ मंसिर ७, शुक्रबार
कंचनपुर:
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम बहादुर आलेले कञ्चनपुरको मझगाँउ विमानस्थलको रनवेय बृद्धि गर्नुपर्ने बताएका छन । https://youtu.be/V3ww44FHqT4 बुधबार मझगाँउ विमान स्थलको शिलान्यास गर्दै पर्यटनमन्त्री आलेले विमानस्थलको रनववेय बृद्धि गर्नुपर्ने बताएका हुन ।
‘अहिले निर्माण हुने १५ सय २५ मिटर रनवेय हो, ‘उनले भने, ‘पुर्वमन्त्री रमेश लेखकले १८ सय बृद्धि गर्नुपर्ने बताए, तर १८ सय मात्र होईन, २५ सय बनाउनुपर्छ, त्यसका लागि म पहल गर्छु ।’ पर्यटन मन्त्री आलेले मझगाँउ विमानस्थलको स्तर बृद्धिका लागि निकुञ्जतर्फ जमिन अधिकरण गर्नुपर्ने बताए । विमानस्थल बन्द हुनुअघि यहाँबाट सुदूरपश्चिमका पहाडी जिल्ला बैतडीको गोकुलेश्वर, अछाम, बाजुरालगायत स्थानमा उडान हुन्थ्यो । त्यतिबेला सातामा एक पटक काठमाडौं पनि उडान हुने गरेको स्थानीय बताउँछन् । सशस्त्र द्वन्द्वका बेला सुरक्षाको कारण देखाउँदै हवाई सेवा बन्द गरिएको थियो । स्थानीय सरकार मध्ये दोधाराचाँदनी नगरपालिकाले ६२ लाख, ६० हजार, भीमदत्त नगरपालिको ३ करोड ५० लाख र सुप प्रदेश सरकारले ८ करोड, ७५ लाख रुपैया नेपाल नागरिक उड्यान प्राविधिकरणको खातामा जम्मा गरिसकेको छ । मझगाँउ विमानस्थल पुन संचालन पुन समितिका अध्यक्ष रमेश चन्दले चन्दले तीन वटै सरकारको संयूक्त साझेदारीमा निर्माण हुन लागेको नेपालकै पहिलो बिमानस्थल कञ्चनपुरको मझगाँउ विमान स्थल भएको बताए ।
अध्यक्ष चन्दले प्राविधिकरणको खातामा १२ करोड, ८७ लाख ५६ हजार जम्मा गरिसक्नुपर्ने भएपनि सुप प्रदेश र कञ्चनपुरका दुई पालिका सरकारबाट माग भन्दा ४ लाख बढि जम्मा गरिएको बताय ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी