२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । सुदूरपश्चिममा पहिलो पटक कञ्चनपुरमा सवारी चालक अनुमति पत्रको लागि ७० अंक ल्याए पास हुने नियम कार्यान्वयन गरिएको छ । https://youtu.be/zlt5z2q922I बुधवार भएको सवारी चालकको ट्रायल परिक्षामा महाकाली यातायात कार्यालयले ७० अंक ल्याए पास हुने कार्याविधि कार्यान्वयन गरेको हो ।
महाकाली यातायात कार्यालय कञ्चनपुरका प्रमख विनोद कुमार मालीका अनुसार सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा ७० प्रतिशत अंक ल्याएपनि ट्रायल पास हुने र अब अंकको आधारमा चालकले अनुमति–पत्र पाउन सक्ने उनले बताए । सवारीचालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका–२०७७ अनुसार ७० प्रतिशत अंक ल्याए सवारी चालक अनुमति पाउने ब्यवस्था गरेपछि आफूहरुलाइ अनुमति पत्र पाउन सजिलो भएको उनले बताए ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले गत जेठ १ गतेदेखि लागू हुने गरी सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका–२०७७ जारी गरेको थियो ।
गएको जेठ १ गतेबाटै नयाँ व्यवस्था लागु हुने भनिए पनि कोरोना महामारीका कारण नयाँ निर्देशिका लागु हुनसकेको थिएन । सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिका, २०७७ मा लिखित परीक्षामा ८० अंक र ट्रायल (प्रयोगात्मक)मा ७० अंक ल्याए पास हुने व्यवस्था छ । यसअघि, लिखितमा ५० अंक र प्रयोगात्मकमा १०० अंक नै ल्याउनुपर्ने व्यवस्था थियो । यस्तोमा केही कमजोरी भएको अवस्थामा पनि पास हुने दर बढ्नेछ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी