२०८१ मंसिर १०, सोमबार
सुदुरपश्चिम प्रदेशमा मनाईने माघी पर्वको अवसर पारीे कञ्चनपुरको वेदकोट नगरपालिकामा माघी मिलन तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छ। रोना
थारु युवा समाज कञ्चनपुर वेदकोट नगरपालिका वडा नम्वर ५ मा माघि विषेस सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो। हमार संस्कृति हमार पहिचान संस्कृति वचैना हमार युवनके अभियान भन्ने मुल नाराका साथ माघी मिलन तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको हो । सुदुरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालवहादुर खड्काको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा थारु संस्कृति झल्कीने विभिन्न नृत्य तथा गितहरु प्रस्तुत गरिएका छ्न ।
थारु समुदायको नया वर्ष शुरुहुने हुदा यस अवशरमा विहानै नदीमा गएर नुहाउने र महादेवको रुपमा ढुङ्गालाई पुजा गर्ने चलन रही आएको छ । यस दिन नुहाएर पुजा गरेमा वर्ष भरी गरीएको पाप समेत कट्टी हुने विश्वास रहदै आएको छ । पछिल्लो समय पुराना परम्परा तथा संस्कृतिहरु लोप हुदै गएको हुदा यसको निरन्तरताका लागी कार्यक्रम आयोजना गरिएको थारु युवा समाजका अध्यक्ष ले वताउनु भयो ।
कार्यक्रमलाई सम्वोधन गर्दै वेदकोट नगरपालिकाका नगरप्रमुख अशोक कुमार चन्दले पुराना परम्परा तथा संस्कृतिहरु नयाँ प्ुस्तालाई हस्तान्तरण गर्दै यसको जगेर्ना गर्नु पर्ने र यसको लागी नगरपालिका बाट गरिने सहयोग सदैव रहने वताउनु भयो ।
लोपहुदै गएको थारु संसकृति जोगाउन वडा कार्यालयले भुमिका खेलिरहेको वताउदै कुलतमा लागेका युवाहरुलाई धर्म संस्कृति संग जोड्दै समृद्ध समाज निर्माणमा जोड दिनु पर्ने वेदकोट नगरपािलका वडा नम्वर ५ का अध्यक्ष गणेश विकले बताय ।
माघीमा गाउँघरमा ढोग स्यावा लाग्ने, दिदी–बहिनीलाई कोशेलीसहित भेट्न जाने, मघौटा नाचको आयोजना गर्ने, अंशबण्डा गरिने, गुरुवा केशौका र वडघर चुन्ने लगायत कार्य चल्दै आएको छ । यस माघी मिलन कार्यक्रममा मघोटा नाच, झुम्रा नाच, गुरदुङग्वा नाच, धुम्रु नाच तथा धुमारी गाउने चलन रही आएको भए पनी पछिल्लो समय यी नाचहरु लोपहुदै गएका छन । शुरु शुरुमा ७ दिन सम्म धुमधामका साथ मनाईदै आएको यो पर्व अहीले पछिल्लो समयमा ३ देखी ४ दिनमा सिमीत हुदै गएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी