२०८१ मंसिर १०, सोमबार
कोरोना भाईरसको नया भेरियन्ट ओमिक्रोन संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका लागि ईलाका प्रहरी कार्यालय दोधारा चादनीले पुन तपाईको मास्क खोई अभियान सञ्चालन गरेको छ् । दोधारा चादनी नगरपालिकाको सिमावर्ती आसपासमा पछिल्ला दिनमा दैनिक कोरोना संक्रमित बढेसंगै ईलाका प्रहरी कार्यालय दोधारा चादनीले सो अभियानलाई निरन्तरता दिएको हो । दोधारा चादनी नगरपालिकाका मुख्य बजारहरुमा प्रहरीले स्वास्थ्य मापदण्ड पालना गर्न जनचेतनामुलक कार्यक्रम संचालन गरेको छ् । दोधारा चादनी नगरपालिकाको चादनी बजार, महाकाली झोलुङ्गे पुल क्षेत्रमा नेपाल प्रहरीले मोटरसाईकल, साईकल, पैदल हिड्ने यात्रु तथा टेम्पो चालहरुलाई मास्क अनिवार्य प्रहयोग गर्नुको साथै स्वास्थ्य मापदण्डको पालन गर्न अपिल गरेको छ् । साथै प्रहरीले प्लेकार्ड सहित स्वास्थ्य सम्बन्धी जनचेतनामुलक सन्देश तथा निशुल्क मास्क बितरण समेत गरेको छ् । ‘कोरोनाको बढ्दो जोखिम रोक्न मास्क अभियानलाई निरन्तरता दिएका छौं । यसका साथै मास्क नलगाई सार्वजनिक तथा निजी सवारी साधनमा यात्रा गर्नेहरुलाई मास्क लगाउन र सरकारले तोकेको स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेका छौं ।’ ईलाका प्रहरी कार्यालय दोधारा चादनीका प्रहरी निरिक्षक भरत राज गिरीले भने– ‘कोरोनाको बढ्दो जोखिम रोक्न मास्क अभियानलाई निरन्तरता दिएका छौं ।’ कोरोना भाईरसको नया भेरियन्ट ओमिक्रोन संक्रमणको सम्भावित जोखिम न्यूनीकरणका प्रहरीले पुन दोधारा चादनी नगर क्षेत्रमा तपाईको मास्क खोई अभियान सञ्चालन सुरु गरेको प्रहरी निरिक्षक गिरीको भनाई रहेको छ् । यस्तै साबिकको दोधाराको बाबाथान बजार, कालिका बजार लगाएत क्षेत्रमा प्रहरीले तपाईको मास्क खोई अभियान अन्तर्गत मास्क बितरण संगै मास्क अनिवार्य लगाउनु पर्ने र स्वास्थ्य मापदण्डको पालना गर्न सबैमा आग्रह गरिएको बाबाथान प्रहरी चौकीका ईन्चार्ज तथा असई कृष्णराज भट्टले जानकारी दिएका छन् । तपाईको मास्क खोई अभियानमा दोधारा चादनी नगरपालिकाका नगरउप्रमुख चिनी ओझा गिरी, महाकाली झोलुङ्गे पुल चौकीका ईन्चार्ज मान सिंह धामी, ईलाका प्रहरी कार्यालय दोधारा चा“दनीका असई रुपेन्द्र बोहरा, गोबिन्द जोशी, बाबाथान चौकीका ईन्चार्ज तथा असई कृष्णराज भट्ट, माईती नेपाल कञ्चनपुरका लक्ष्मी थापा (गुरुङ्ग), सिता थापा क्षेत्री लगाएत सुरक्षाकर्मी तथा स्थानियहरुको सहभागिता रहेको थियो । दोधारा चादनी नगरपालिका स्थित रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा आज १७ जनामा गरिएको एन्टिजिन परिक्षणमा महिला स्वयम्सेविका, स्वास्थ्यकर्मी सहित ९ जनामा कोरोना संक्रमण फेला परेको प्राथमिक स्वास्थ्य केन्द्र दोधाराले जनाएको छ् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी