२०८१ मंसिर १३, बिहिबार
कोभिड–१९ विरुद्धको खोप कार्ड हराएमा के गर्ने ? यदि तपाई कोरोनाविरुद्धको खोप लगाएको कार्ड हराएर चिन्तित हुनुहुन्छ ? अब चिन्ता नगर्नुहोस् ! तपाईंले खोप लगाएको कार्ड फेरि पनि बनाउन सक्नुहुन्छ । त्यसका लागि पहिला जुन केन्द्रमा खोप लगाएको हो सोही केन्द्र वा स्वास्थ्य शाखामा गएर खोप कार्डको प्रतिलिपि बनाउन सक्नुहुन्छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना–१९ विरुद्धको खोप कार्ड हराएमा खोप लगाएको खोप केन्द्र वा स्वास्थ्य संस्था भएको पालिकाबाट प्रतिलिपि निकाल्न सकिने जनाएको छ । मन्त्रालयकाअनुसार दुवै मात्रा खोप लगाइसकेको भए दोस्रो मात्रा लगाएको खोप केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट खोप कार्डको प्रतिलिपि लिने सकिन्छ । यस्तै, जोन्सन एन्ड जोन्सन खोप लगाएको भए सोही केन्द्र वा लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट लिन सकिन्छ । यदि पहिलो मात्रा लगाएकाले खोप लगाएकै केन्द्र वा खोप लगाएको स्वास्थ्य संस्था भएको पालिकाको स्वास्थ्य शाखाबाट सो कार्डको प्रतिलिपि लिन सकिन्छ । बढ्दो कोरोना संक्रमणका कारण नेपालमा सरकारले २०७८ माघ ७ गतेदेखि सार्वजनिक स्थल प्रवेश गर्न र सेवा लिन जाँदा खोप कार्ड अनिवार्य गरेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी