२०८१ मंसिर ६, बिहिबार
बैतडी । पछिल्लो समय जिल्लामा कोरोना संक्रमित बढ्दै गएका छन् । भारतमा संक्रमण बढ्दै गएकोले यसको प्रभाव यहाँ पनि परेको हो । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार प्रदेशको पहाडी जिल्लामध्ये सबैभन्दा बढी जोखिममा बैतडी छ । उनले भने,“भारतसँग सीमा जोडिएकोले जिल्ला पनि उच्च जोखिममा छ ।” हाल जिल्लामा सक्रिय संक्रमितको संख्या ४६ पुगिसकेका छन् ।
कार्यालय स्रोत व्यक्ति चन्दन सुवेदीका अनुसार सक्रिय संक्रमितमध्ये सबैभन्दा बढी सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा १७ जना छन्। यस्तै पाटन , पुर्चौंडी र मेलौली नगरपालिकामा क्रमशः सात ,चार र दुई पञ्चेश्वरमा छ,सिगासमा दुई, सुर्नया एक, शिवनाथ गाउँपालिकामा एक जना छन्। सक्रिय संक्रमित सबै होम आइसोलेशनमा छन् ।
यसैबीच दोगडाकेदार र डिलाशैनी गाउँपालिकामा कोरोनाका सक्रिय संक्रमित शून्य छन् । यी पालिकामा हाल एकजना पनि सक्रिय संक्रमित नरहेका स्वास्थ्य कार्यालयले जनाएको छ । सिमानाका झुलाघाटमा हेल्थ डेस्क स्थापना गरी नेपाल भित्रिने सबै नागरिकको अनिवार्य रुपमा कोरोना परीक्षण गरिँदैछ । नाकाबाट फर्किने नागरिकको एन्टिजेन विधिमार्फत परीक्षण गरिन लागिएको हो ।
कोरोना संक्रमणबाट बच्न जनस्वास्थ्यका मापदण्डपालना गर्न आग्रह गरिएको छ । जिल्लाका हालसम्म संक्रमणकै कारण १९ जनाले ज्यान गुमाइसकेका छन् । रासस
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी