२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । कैलालीको धनगढीमा रहेको ग्लोवल मोबाइल ग्यालरीमा छापा मार्न गएका प्रहरीले मोवाईल चोरीको आरोपमा हिरासतमा राखिएको छ । माघ ५ गते साझ ८ बजे धनगढीको चौराहमा रहेको ग्लोवल मोबाइल ग्यालरीमा जिल्ला प्रहरी कार्यालयको टोली लागुऔषधका बिषयमा छापा हान्न प्रहरी गएको थियो । सोही क्रममा दुई जना प्रहरीले सिसि क्यामरामा मोवाईल चोरीको भिडियो सार्बजनिक भएपछि प्रहरीले मोवाईल चोरीको तत्थ सार्बजनिक भएको थियो ।
भिडियोमा देखिएका जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत प्रहरी हवल्दार होमबहादुर माल र प्रहरी जवना भरतबादुर वईलले प्रहरीले हिरासतमा राखी कार्वाही थालेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रविन बिष्टले सुदूरपत्रलाई जानकारी दिए ।‘सिसि क्यामराको भिडियोमै प्रष्ट देखिएको छ मोवाईल झिक्न लागेको’ डिएसपी बिष्टले भने–‘कानुन बमोजिम कार्वाही हुन्छ ।’
‘लागूऔषध कारोबार भइरहेको छ भनेर ग्यालरीमा खानतलासी गर्न प्रहरी टोली आएको थियो, सञ्चालक सुवास रावलले भने, खानतलासीको नाममा दुई वटा मोबाइल प्रहरी कर्मचारीले नै चोरी गरेका छन् ।’ रावलले माघ ६ गते नै जिल्ला प्रहरी कार्यालय कैलालीमा चोरीमा सलग्न प्रहरीलाई कार्बहीको माग गर्दै निवेदन दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले सोबारे छानबिन भइरहेको बताए । यता प्रहरीले भने लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाका आधारका ग्यालरीबाट ३ जनालाई पक्राउ गरेको थियो । धनगढी–५ का पसल सञ्चालक दोर्णबहादुर रावल, वडा नम्बर २ बस्ने वर्ष २९ का टेक बिष्ट र वडा नम्बर ४ का ३० वर्षीय मनिष भण्डारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीहरुको साथबाट १ ग्राम ५५० मिलिग्राम खैरो हिरोइन फेला परेको बताइएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी