२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । कञ्चनपुरमा कोरोना सङ्क्रमण बढ्दै गएपछि माघ ७ गते (आज) देखि सार्वजनिक स्थानमा प्रवेश गर्दा, सार्वजनिक यातायात र सार्वजनिक सेवा लिन जाँदा अनिवार्य खोप कार्ड साथमा राख्नुपर्ने भएको छ ।
प्रमुख जिल्ला अधिकारी रामप्रशाद पाण्डेको अध्यक्षतामा बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले सिफारिस गरे अनुसार प्रशासनले सार्वजनिक यातायात र स्थानमा खोपकार्ड अनिवार्य गरेको हो ।
कञ्चनपुरमा कोरोनाविरुद्धको पूर्ण खोपको मात्रा लगाउनेका संख्या २ लाख माथी पुगेको छ । स्वास्थ्य कार्यालयका कोल्डचेन अधिकृत जनक कुँवरका अनुसार कोभिड सिल्ड र स्ट्राजेनेकाको पूर्ण मात्रा लगाउनेको सङ्ख्या ३४ हजार ३६२, भेरोसेलको पूर्ण मात्रा लगाउनेको सङ्ख्या एक लाख ३२ हजार ३९ रहेको छ ।
जोन्सन एन्ड जोन्सन खोप लगाउनेको सङ्ख्या २७ हजार ४०० छ । खोप कार्ड हराएकाहरुलाई प्रतिलिपि बनाउन अनुरोध गरिएको छ भने खोप लगाउन बाँकी नागरिकलाई सम्पर्कमा आउन अनुरोध गरिएको छ ।
प्रशासनको आदेश अनुसार सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला भएर कुनै किसिमका कार्यक्रम गर्न पाइने छैन् । घर बाहिर निस्किदा र सार्वजनिक स्थानमा प्रवेश गर्दा अनिवार्य मास्कको प्रयोग गर्ने र जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्ने छ । विवाह, ब्रतबन्ध, मृत्यु संस्कारजस्ता सामाजिक कार्य गर्दा २५ जना भन्दा बढी भेला हुन नपाइने भएको छ ।
सीमा क्षेत्रमा आवतजावत गर्दा खोप कार्ड र एन्टिजेन परीक्षण अनिवार्य गरिएको छ । माघ १५ गतेसम्मका लागि विद्यालयहरु बन्द गरिएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी