२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । कञ्चनपुरमा कृषि विकास बैंकको गाडीले एक स्थानियलाई ठोकेर भागेको आरोप लागेको छ । गत पुष २९ गते बिहान १२ देखि १ बजेको समयमा कञ्चनपुरको भीमदत्त नगरपालिका १० सुकासाल क्षेत्रमा ५० बर्षिया गणेश दमाई घरसायी कामका लागि सुकासाल बजारतिर आईरहेका थिए ।
दमाई परिवारले आफुहरु गरिब दलित भएका कारण उपल्ला धनी दलितहरुले समेत न्यायका लागि पहल समेत नगरिदिएको गुनासो गरेका छन ।
ठुलाबडा सरकारी गाडीले ठक्कार दिएर घाईते हुँदा समेत प्रहरीले उजुरी समेत लिन नमानेको बताउनै उनले घटनाको छानबिन गरेर दोषि उपर कार्बाहीको माग राखे ।
कृषि विकास बैंक शाखा महेन्द्रनगरको उक्त गाडी घुम्न वा अन्य सरकारी कामकाजका लागि गएकोमा समेत आशंकका व्यक्त गरिएको छ । कार्यालय प्रमुख सरोज कुमार महर्जन सहितका कर्मचारी कार्यालयै कामकाजका लागि बाहिर गएको बैंकले जनाएको छ । कृषि विकास बैंक शाखा कार्यालय महेन्द्रनगरका अधिकृत डिकरदेव पाण्डेले उक्त दिन आफुहरु सोही सडक भएर कार्यालयकै कामकाजका लागि गएको बताए । ‘हामीहरु त्यो दिन त्यहाँ गएका पक्कै हौँ, ‘उनले भने, ‘तर हामीपनि जिपभित्रै थिए, ठक्कर दिएको देखेन, चालकलाई पनि हामीहरुले भन्यौँ तर कहिकतैबाट आफुहरु चढेको गाडीले ठक्कर दिएन ।’ घटना बारे आफुहरुले पूर्ण सहयोग गरेको बताउदै उनले आफुहरुले घटना भएको थाहै नपाएको बताए । ‘यदी हाम्रो गाडीले ठक्कर दिएको भए, हामीले पनि थाहा पाउनुपर्ने हो, ‘उनले भने, ‘हामीले थाहा पाएनौँ, थाहा पाएको भए ति घाईतेलाई हामीहरुले नै अस्पताल ल्याउने दायित्व हुन्छ ।’ जिल्ला प्रहरी कार्यालयले उक्त विषयमा विगत ४ दिन देखी अनुसन्धान गरि रहेको बताएपनि गाडीलाई र चालकलाई समान्य सोधपुछ पछि छोडेको छ । यता पिडितको बिचल्ली भएको छ कमाएर खाने व्यक्ति आफै घाईते भएपछि परिवारका अन्य सदस्यलाई उपचार कसरी गर्ने र ,के खाने भन्ने सम्म पिडा थपिएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी