२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । नेपाल सरकारले कोरोना परिक्षण गरेको शुल्क निधाृरण गरेको बेलामा बाजुरामा भने, पिसिआर जाँच सेवा निशुल्क गरिएको छ । अस्पताल बाजुराले सञ्चालमा ल्याएको पिसिआर ल्याबमा कोरोना जाँच निशुल्क गर्ने गरेको जिल्ला अस्पताल बाजुराका प्रमुख डा. प्रकाशराज जोशिले वताएका छन् ।
जिल्ला अस्पताल बाजुराले कोभिड जाँचको लक्षित गर्दै पिसिआर ल्याब सञ्चालनमा ल्याएको १ महिना बढी समय भएको छ । सेवा सञ्चालन आएपछि १ सय ७६ जनाको पिसिआर जाँच गरिसकेका छन् । जस मध्ये ५० जनालाई पोजेटिभ देखाएको थियो । अन्यत्र सरकारी अस्पतालमा पिसिआर जाँच गरेको ८ सय निजिमा २ हजार बढी रकम लिने गरेको खबर आएपनि अस्पताल बाजुराले भने निशुल्क जाँच गरेको छ ।
कोभिड आशंका भएका बिरामीका जाँच गर्ने पैसा नहुने समस्या भएकाले अहिले सम्म निशुल्क जाँच गरिरहेको अस्पताल बाजुरा प्रमुख जोशीले वताएका छन् । शंका लागेका बिरामीको पिसिआर ल्याब जाँच गर्ने गरेको उनले वताए । एकचोटि पोजेटिभ भएपटि पटक पटक जाँच गरिनुपर्ने हुन्छ, धेरै सँग पैसा नहुने समस्या हुन्छ पिसिआर ल्याब निशुल्क हुदा आर्थिक अबस्था कमजोर भएका बिरामीलाई निकै सहज भएको स्थानिय बल बहादुर रोकायाले वताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी