२०८१ मंसिर १०, सोमबार
दार्चुला । दार्चुलाको खलंगामा विगत ४ दिनदेखी खानेपानीको हाहाकार भएको छ । दार्चुला सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका–४ र ५ मा खानेपानीको समस्या भएको हो । विगत चार दिनदेखि बजार क्षेत्रमा पानीको आपूर्ती बन्द भएपछि खानेपानीको हाहाकार भएको खेमराज जोशीले बताएका छन् ।
सडक निर्माणका क्रममा मालबेला क्षेत्रमा खानेपानीको लाईन अवरुद्ध भएको भएपनि अहिलेसम्म मर्मत नगरिदा खानेपानी आपुर्ती बन्द भएको थियो । पाँच दिनदेखि धारामा खानेपानी नआएपछि होटल व्यवसायीका साथै आम उपभोक्ता समस्यामा परेका छन् ।
महाकाली नदीबाट बोकेर होटेलमा खानेपानीको व्यवस्थापन गर्नुपरेको होटल व्यवसायीहरुले गुनासो गरेका छन् । खलंगा बजारमा विगतदेखि नै खानेपानीको समस्या भोग्नुपरेको उपभोक्ताहरुको गुनासो छ । नगरबासीले खानेपानी माग गर्दै पटकपटक नगरपालिका कार्यालयमा ज्ञापनपत्र बुझाएर ध्यानकर्षण गराएपनि खानेपानीको उचित व्यवस्थापन हुन सकेको छैन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी