२०८१ मंसिर ६, बिहिबार
बझाङ । बझाङमा वडा अध्यक्ष र सचिवमाथि कालोमोसो दलिएको छ । बझाङको बित्थडचिर गाउँपालिका ८ का वडाध्यक्ष जय बहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालो मसो दलेको हुन् । वडामा वडाध्यक्ष र वडा सचिव मिलेर भ्रष्टाचार गरेको भन्दै नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको अनेरास्ववियुले कालोमोसो दलेको पार्टीले जनाएको छ । कार्यालय जादै गर्दा सोमबार दिउँसो बाटोमै नेकपाका कार्यकर्ताले दुर्व्यवहार गरेका हुन् ।
उनीविरूद्ध खानेपानी योजना निमार्णमा भ्रष्टाचार गरेको, मजदुरलाई ज्याला नदिएको, सडक बिस्तारमा कमिसन खाएको, कागजपत्र मिलाएर सामाजिक सुरक्षा भत्तामा अनियमितता गरेको र प्रतिबन्धको समयमा पार्टीविरुद्ध सुराकी गरेको आरोप लगाइएको छ । यता, बित्थडचिर गाउँपालिका प्रवक्ता हर्क धामीले वडाध्यक्ष र वडा सचिवलाई दुर्व्यवहार गर्नेविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजूरी दर्ता भइसकेको र उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिइसकेको बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी