२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर: धनगढीमा एकजना प्रहरी हवल्दार मृत फेला परेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार सुदूरपश्चिमका आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहराका ‘पर्सनल´ (पिएसओ) समेत रहेका रमेशदत्त जोशी मृत फेला परेका हुन्। उनी धनगढी वडा नम्बर ३ गुरुद्द्वारमार्गस्थित आफ्नै घरमा मृत फेला परेका हुन्। `केही दिनदेखि उनी घरमा एक्लै बस्दै आएका थिए,´डिएसपी जोशीले भने, `आज परिवारका सदस्य घर फर्किदा उनी मृत फेला परेका हुन्। मृतक जोशी, राज्यमन्त्री माया तामाङ बोहराका पिएसओ थिए।´ हवल्दार जोशीको दरबन्दी भने धनगढी गणमा थियो। घटनाको अनुसन्धान भइरहेको उनले बताए।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी