२०८१ मंसिर १०, सोमबार
दोधारा:
अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन विरुद्ध दोधारा चादनीमा नेकपा माओबादी केन्द्र बिरोध गर्ने भएको छ् । हिजो अबेर सा“झ बसेको नेकपा माओबादी केन्द्र दोधारा चादनीको एक बैठकले अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन विरुद्ध आउदो शनिवार दोधारा चादनी नगरपालिकाको मुख्य सडक खण्डमा शान्तीपुर्णरुपमा बिरोध प्रदर्शन गर्ने भएको हो । दोधारा चादनी नगरपालिकाको मुख्य सडक खण्डको कुतियावकर क्षेत्र सम्म मोटरसाईलक र्याली गरि अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन विरुद्ध र्याली गर्ने नेकपा माओबादी केन्द्र दोधाराका नगर अध्यक्ष भिम कुमालले बताएका छन् । राष्ट्रघाती एमसिसी विरुद्ध आम जनसमुदाय संगको सहकार्यमा आउदो शनिवार दबाबमूलक कार्यक्रम गर्ने, भ्रष्टाचार अनियमितताको विषयमा आम जनगुनासो एवम् जानकारी आएकोले विशेष समिति गठन गरि छानबिन सुरु गर्ने, मतदाता परिचयपत्र बनाउन जानेहरुको लागि दोधारा चा“दनी नगरपालिकाको वडा नं. १० कुतियाकबर देखि महाकाली झुलुङ्गे पुल सम्म आउन जान निःशुल्क बस सञ्चालन गर्ने, विभिन्न टोलहरुबाट पार्टीका भेटघाटको लागि खबर आउने गरेकोले टोल भेटघाट तथा टोल समिति गठन प्रक्रिया अघि बढाउने निर्णय गरिएको नेकपा माओबादी केन्द्र दोधारा चादनीले जनाएको छ् । एमसीसी सम्झौताको खारेजीको माग गर्दै चरणवद्ध रुपमा आगामी दिनहरुमा बिरोधका कार्यक्रम समेत तय गरिने बताईएको छ् । ‘अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन राष्ट्रघाती भएकोले एमसिसी विरुद्ध आमजन समुदाय संगको सहकार्यमा मिति २०७८÷१०÷२२ गते शनिवार दबाबमूलक कार्यक्रम गर्ने, भ्रष्टाचार अनियमितताको विषयमा आम जनगुनासो एवम् जानकारी आएकोले विशेष समिति गठन गरि मिति २०७८÷१०÷२३ गते आईतबारदेखि छानबिन सुरु गर्ने, मतदाता परिचयपत्र बनाउन जानेहरुको लागि मिति २०७८÷१०÷१९ गते बुधबार देखि २८ गते सम्म कुतियाकबर देखि महाकाली झोलुङ्गे पुल सम्म आउन जान निःशुल्क बस सञ्चालन गर्ने, विभिन्न टोलहरुबाट भेटघाटको लागि खबर आउने गरेकोले मिति २०७८÷१०÷२३ गते आईतबार देखि टोल भेटघाट तथा टोल समिति गठन प्रक्रिया सुरु गर्ने’ नेकपा माओबादी केन्द्र दोधारा चादनीका नगर अध्यक्ष भिम कुमालले सामाजिक संजालमा लेखेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी