२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर ।
दार्चुलाको व्याँस गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामीको चार जनाको परिवार छ । उनको घरमा श्रीमती राजन्ती, सात वर्षीय छोरा र डेढ वर्षकी सानी छोरी छन् ।
धामी रोजगारीका लागि विदेश जाने तयारीमा थिए । त्यसको शिलशिलामा उनी शुक्रवार बिहान सदरमुकाम खलंगा आए ।
स्थानीयका अनुसार मालगाउँँबाट नेपालको बाटो हुदै खलंगा आउँदा झण्डै दुई दिन लाग्छ । तर भारतीय बाटो प्रयोग ग¥यो भने दुई घण्टामै खलंगा पुगिन्छ ।
भारततिरको बाटोमा गाडीको सुविधा भएकाले नेपालीहरु त्यही बाटो हुँदै खलंगा आवातजावत गर्दछन् । खलंगा जान शुक्रवार बिहान जयसिंहसँग गाउँकै ६/७ जना मानिस आएका थिए ।
माल घाटबाट तुइनको सहायताले भारततर्फ जाने गर्दछन्, उनीहरु । यद्यपि विदेश जाने योजनासहित काठमाडौँ हिँडेका धामी गन्तव्यमा पुग्न सकेनन् ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले उनी चढेको तुइन काटिदिँदा महाकाली खसेर बेपत्ता भएका थिए ।
सानो र खुसी यो परिवार अहिले शोकमा डुबेको छ । महाकाली नदीमा बेपत्ता भएका घरमूली जयसिंहको अवस्था अझै अज्ञात छ ।
कमाउने मूल व्यक्ति गुमाए पछि परिवारको बिचल्ली भएको जयसिंहका भाई नरेन्द्र बताउँछन् । ‘केटाकेटी स–सना छन् । घरमा कमाउने दाई नै हुनुहुन्थ्यो । तर भारतीय एसएसबीका कारण हामीले उहाँलाई गुमाउनु प¥यो ।’ उनले भने, ‘भाउजू, भतिज–भतिजाहरु बिचल्लीमा परेका छन् ।’
उनका अनुसार जयसिंहकोे परिवारको आर्थिक अवस्था कमजोर थियो । उब्जाउ हुने अन्नबालीले मात्रै खान पुग्दैन्थ्यो । खाद्यन्न किनेर खानु पर्ने अवस्था छ, उनको ।
घरखर्च चलाउन पैसा जोहो गर्न घर बाहिर जानु पर्ने बाध्यता उनलाई थियो । जयसिंहले करिब ७ वर्ष नेपाली सेनामा काम गरे । त्यसले परिवारको आर्थिक अवस्था उकास्न नसकिने भए पछि उनी कतार गए । त्यहाँ उनले दुई वर्ष सेक्युरिटी गार्डका रुपमा काम गरे ।
त्यस पछि गाउँ फर्केका उनले आफ्नै घर बनाए । जयसिंहका चार दाई–भाई छन् । ४ वर्ष अघि उनी छुट्टिएर अलगै बसेका थिए ।
घर बनाउँदा लागेको ऋण तिर्न दुई वर्ष अघि फेरी कतारतिर हानिएका थिए, उनी । तर धामी यस पल्ट भने विदेशमा अलपत्र गरे ।
‘दाई विदेशमा दलालले फसाएर अलपत्र परे । त्यसैमा लकडाउन भयो । पछि यताबाट पैसा पठाएर उहाँलाई घर ल्याएका थियौँ ।’ नरेन्द्रले भने, ‘विदेश जानका लागि ३÷४ महिना त काठमाडौँमा पनि बिताए थिए ।’
घर बनाउन र परिवार पाल्न लागेको ऋण तिर्ने योजनाका साथ विदेश हानिएका धामीमाथी ऋणको भार थपियो । विदेशमा अलपत्र पछि घरबाट खर्च जुटाएर घर आएका उनी बेरोजगारै बसेका थिए ।
एकापट्टी विदेश जादा लागेको ऋण तिर्नु पर्ने र अर्कातिर परिवार चलाउनु पर्ने बाध्यता थियो जयसिंहलाई । यसकै लागि फेरी उनले विदेश जाने योजना बनाए ।
शुक्रवार टिका लगाएर घरबाट हिँड्ने बेलामा जयसिंहले विदेश जान सम्भव नभए गौरामा छोराछोरीका लागि नयाँ लुगा ल्याएर फर्किने आश्वास घरमा थिएका थिए ।
काठमाडौँ जानका लागि सदरमुकाम खलंगा आउदै गर्दा महाकाली तुइन तर्ने क्रममा एसएसबीले तुइन काटेर उनका सपना उर्लिदो महाकालीमा बिलिन भएका थिए ।
डेढ वर्षकी छोरी र सात वर्षका छोराको लालन–पालन र शिक्षा–दीक्षाको जिम्मेवारी श्रीमती राजन्तीको काँधमा आएको छ ।
‘अभिभावक गुमाउँदा परिवारलाई ठूलो बज्रपात परेको छ । कसरी घर चलाउने भन्ने समस्या बढेको छ,’ स्थानीय हरकसिंह कार्कीले भने, ‘शिक्षा, दीक्षा तथा बालबालिकाको लालनपालनका लागि सरकारले राहात उपलब्ध गराउनु पर्छ ।’
जयसिंह बेपत्ता भएको सुनेदेखि श्रीमती राजन्ती र आमा–बुवा बिक्षिप्त भएका छन् । उनीहरु कति खेर बेहोस हुदै छन् त कति खेर होसमा आउदैछन् ।
गाउँलेले उनलाई ढाडस दिने र सम्झाउने काम गरिरहेका छन् । बेपत्ता जयसिंहको खोजतलासमा स्थानीय, प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान आयोगको टीम तैनाथ छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी