२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । कैलालीस्थित थारु समुदायको बाहुल्यता रहेको कैलारी गाउँपालिकाले परम्परागत भलमन्सा प्रथालाई कानूनी मान्यता दिएको छ । सो प्रथालाई वैधानिक, व्यवस्थित, थप मर्यादित र जिम्मेवार बनाउने उद्देश्यले गाउँपालिकाले कानूनी मान्यता दिएको हो ।
भलमन्सा, बडघर थारु समुदायमा सदियोदेखि प्रचलनमा रहेको प्रथा हो । यहि प्रथामार्फत थारु समुदायको बसोबास रहेको गाउँठाउँमा विकास निर्माणको कार्यदेखि लिएर सामान्य झैझडा, वादविवादको न्यायनिसाफसमेत हुने गरेको छ ।
कुल जनसङ्ख्याको ९७ प्रतिशत थारु समुदायको बसोबास रहेको कैलारी गाउँपालिकामा महिलादेखि गैरथारु समुदायसम्मका व्यक्ति भलमन्सा रहेका छन् । यो प्रथालाई वैधानिकता प्रदान गर्ने उद्देश्यका साथ गाउँपालिकाले ‘कैलारी गाउँपालिकाको भलमन्सा प्रथा संरक्षण तथा विकास ऐन २०७८’ बनाएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी