२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर । कञ्चनपुर जिल्ला फुटबल संघको साधारणसभा तथा अधिवेशनको लागि मिति घोषणा गरेको छ। सनिवार कञ्चनपुर जिल्ला फुटबल संघका अध्यक्ष गणेश बहादुर चन्दको अध्यक्षतामा बसेको बैठकले विभिन्न छलफलका साथै साधारणसभाको मिति घोषणा गर्ने निर्णय गरेको कञ्चनपुर फुटबल संघका महासचिव रमेश चन्दले बताए ।
जिल्लाको साधारणसभा तथा अधिवेशन गर्नको लागि अखिल नेपाल फुटबल संघ९एन्फा० ले ४८ वटा जिल्ला लाई निर्वाचन निर्देशिका अनुसार अधिवेशन फागुन १५ देखि ३० गतेसम्म गर्नु पर्ने पत्राचार अनुसार जिल्लाको अधिवेशन फागुन १५ गते गर्ने निर्णय गरिएको महासचिव चन्दले बताए ।
उनका अनुसार , अखिल नेपाल फुटबल संघएन्फा०को निर्वाचन निर्देशिका अनुसार अधिवेशन हुनु भन्दा ७ दिन अगाडि नै संघमा आबद्ध क्लबले मताधिकारी ,प्रतिनिधिको नाम र क्लबको २०७८र०७९ साल सम्मको नवीकरण सहित आवश्यक कागजात सहित क्लबले फागुन ७ गते दिउँसो १२ बजे भित्र संघमा बुझाई सक्नु पर्ने र अर्को बैठक फागुन ७ गते बस्ने छ।
बसेको बैठकबाट विभिन्न छलफलका साथै साधारणसभा तथा अधिवेशनको मिति घोषणा गरिएको र बैठकमा कञ्चनपुर जिल्ला फुटबल संघमा आवद्ध सदस्य क्लबहरु का पदाधिकारीको उपस्थिति रहेको थियो।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी