२०८१ मंसिर १३, बिहिबार
महेन्द्रनगर:
बाजुरामा लगातारको खडेरीका कारणले खेतियोग्य जमिन बाझै रहेका छन् । खडेरीका कारण बाजुराको पुर्वउत्तरी क्षेत्रमा लगातारको खडेरी कारण खेतियोग्य जमिन पुरै बाझो रहेको हो । खेती योग्य जमिन बाझै रहेपछि खाद्य संकट उत्पनन भएको छ । खडेरी कारण बाजुराको उत्तरी क्षेत्रका ४ वटा स्थानिय निकाय, सिचाई अभाब, आकाशे पानिको भरमा परेका यहाँका बासिन्दाहरु लामो खडेरीका कारण बासिन्दा निकै आजित भएका छन् । पानि पर्ने वेला खेति योग्य जमिन बाट बर्षमा चार महिना खान पुग्थ्यो, अहिले त जग्गा पुरै बाझो छन्, पुरै बजारको खाद्यन्नमा निर्भर रहेको बुढिन्नदा नगरपालिका कोटिलाका मन बहादुर मल्लले वताए । खडेरी कारण बाजुराको उत्तरी क्षेत्रका स्वामिकार्तिक, पाण्डबगुफा, हिमाली गाँउपालिका र बुढिन्नदा नगरपालिका हुम्लाको ताजाकोट, अदानचुली गाँउपालिका मुगुका खत्याड र सोरु गाँउपालिका प्रभावित भएका छन् । खडेरीका कारण निकै खेति योग्य जमिन पुरै बाझो रहेको हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताए । यो बेला पुरै खेतमा गहुँ र जौ ले हरीयाली हुन्थ्यो, अहिले पुरै मरुभुमि झै भएको मल्लले वताए । बाजुराको स्वामीकार्तिक गाँउपालिकाको वाई गाँउमा ४ सय परिवारको वाई जिउलो खेति योग्य जमिन ४ बर्ष देखी पुरै बाझो रहेको छ । गाँउका सबै परिवारलाई त्यहि जिउलो बाट उत्पादन हुने गरेको थियो, खडेरीले बालिनै लगाउन नपाएको स्थानिय ईश्वरी गिरीले वताएका छन् । तल कर्णाली बगिरहेको छ, माथि पानि अभाबमा पुरै जमिन बाझो रहेको छ, त्यहि कर्णालीका पानि हेरेर चित बुझाउनु भन्दा बाहेक अरु केही नभएको उनले वताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी