२०८१ मंसिर ७, शुक्रबार
काठमाडौँ । प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकका कार्यसूची तय गर्न सभामुख अग्नि सापकोटाले बिहान साढे ११ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुन्छ कि हुँदैन भन्ने धेरैको चासो छ । सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले एमसीसी आजै टेबुल गर्नुपर्ने प्रस्ताव गरेको छ ।
मंगलबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल गर्ने समझदारी बनेको स्रोतको दाबी छ । तर आजै नै पारित गर्ने या नगर्ने भन्ने विषय भने अझै टुंगो लागेको छैन् ।
संघीय संसद सचिवालयले हिजो सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा भने एमसीसी विषय उल्लेख छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश गर्ने तथा डा। दुमनसिंह थापा, लक्ष्मीदास मानन्धर र जगत बहादुर ताजपुरियाको निधनमा शोक प्रस्ताव पारित गर्ने उल्लेख छ ।
संसद बैठकको अन्तिम कार्यसूची कार्यव्यवस्था परामर्श समितिको बैठकले तय गर्ने भएकाले सम्भावित कार्यसूची हेरफेर हुनसक्छ । त्यसैले बिहान साढे ११ बजे बोलाइएको कार्यव्यवस्थाको बैठकलाई चासोका साथ हेरिएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी