२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । कञ्चनपुरमा सडक ढलान गर्ने योजनामा कमसल खालको काम गरेको पाईएको छ । भीमदत्त नगरपालिका ६ र ७ हल्दुखालको बिचमा रहेको राम मन्दिर जाने बाटोमा कमसल खालको कार्य गरेको भन्दै स्थानिय आक्रोसित भएका हुन् ।
पूर्वाधार विकास कार्यालय कञ्चनपुरको आयोजना अन्र्तगत निर्माण भईरहेको किसान सडक नामक उक्त योजनामा ईष्टिमेट भन्दा बढी दुरिमा सरिया हालेर सडक निर्माण भएको पाईएको हो ।
“ढलान गर्नको लागि बिछयाईएका छड र सरियाहरुको दुरी एक फिट भन्दा बढी हालिएको छ, सामान्य रुपमा घरमा पनि छत हाल्दा ४ देखी ६ ईन्छको दुरीमा सरिया बाँधिन्छ” स्थानिय प्रकाश बिष्टले भने, “यसमा त सिधै १ फिट भन्दा बढी दुरीमा सरिया बिछयाएर ढलान गरिँदै छ यो सडकको आयु लामो हुँदैन जस्ले गर्दा सडकको गुणस्तर कमजोर हुन्छ ।”
“यो सडक धेरै टिक्दैन् ।”अर्का स्थानिय गोरे लुहारले भने, “यस्तो आँखा अगाडी नै यस्तो कमसल खालको काम गरिरहँदा पनि किन काम धमाधम भर्य रहेको होला मैले भनेर काम रोकिने होईन के गर्ने देशै यस्तै छ ।”
कञ्चनपुरको वासुदेव निर्माण कन्ट्रक्सनले १० लाखमा निर्माणको ठेक्का पाएको र माघ १५ गते देखी काम थालनी गरेको थियो । १ सय १५ मिटर लम्वाई रहेको उक्त सडकमा कमसल खालको काम भएको भन्दै स्थानियले यथासिघ्र उक्त काम रोक्न समबन्धित निकायलाई आग्रह गरेका छन् ।
यता,पूर्वाधार विकास कार्यालयका ईन्जिनियर प्रेमकमल जोशीले ईष्टिमेटमा सडकमा बिछयाएको सरियाको दुरी २५ सेन्टि अर्थात १० ईन्च हुनपर्ने लम्वाई १ सय १५ मिटर र चौडाई ५ मिटर हुनु पर्ने बताए । तर सडक निर्माण गर्दा उक्त दुरी पाईएको छैन् । १० ईन्च भन्दा बढी नै ठाँउ रोखेर सडकमा सरिया हरु बिछयाईएको पाईएको छ । योजनाको ईष्टिमेट अनुसार काम नभएपछि स्थानियहरुले काम रोक्न अनुरोध गरेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी