२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । कैलालीमा शनिबार मापसे गरेर सरकारी बाइक चलाएपछि जरिवाना गरिएको छ । कैलालीको अत्तरियामा सार्वजनिक बिदाको दिन चलाइएको मोटरसाइकल ट्राफिक प्रहरीको फन्दामा परेको हो । शनिबार चालकले मादक पदार्थ सेवन गरेर से १ ब ८३८ नम्बरको सरकारी मोटरसाइकल चलाइरहेको पाएपछि ट्राफिक प्रहरीले कार्वाही गरेको छ ।
उक्त मोटरसाइकल डोटी दीपायल सिलगढी नगरपालिकाको रहेको प्रदेश ट्राफिक कार्यालय अत्तरियाले जनाएको छ । नगरपालिकामा कार्यरत लेखापाल भक्तराज भट्टले मापसे गरेर मोटसाइकल चलाएको पाएपछि १ हजार जरिमाना गरिएको प्रहरी निरीक्षक गणेश उप्रेतीले बताए । उनका अनुसार सवारी चालकले बिदाको दिन मोटरसाइकल चलाउन प्रशासनबाट अनुमति लिएका थिए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी