२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर । बझाङमा दिनहुँ विद्युत् सेवा अवरुद्ध हुँदा जनजीवन प्रभावित बनेको छ । राष्ट्रिय प्रसारण पुगेपछि बिजुली अवरुद्ध हुने समस्याबाट मुक्ति पाउने आशा राखेका बझाङवासीहरूको आशा दिनहुँजसो विद्युत् अवरुद्ध हुन थालेपछि निराशामा परिणत भएको छ ।
राष्ट्रिय प्रसारण लाइन पुगेको चार वर्ष भइसक्दा पनि विद्युत् सेवा अनियमित हुन नरोकिएपछि यहाँको दैनिक जनजीवन र व्यापार व्यवसाय प्रभावित भएको छ । चार वर्षअघि राष्ट्रिय प्रसारण लाइनमा जोडिएको यस जिल्लामा सेवा सुरु भएदेखि नै पटकपटक विद्युत् सेवा अवरुद्ध हुने गरेका कारण उपभोक्ताहरू मारमा परेको सदरमुकाम चैनपुरका स्थानीय प्रेम बमले बताए ।
मौसममा सामान्य बदली हुँदा विद्युत् अवरुद्ध हुने समस्या ४ वर्षसम्म पनि हट्न सकेको छैन् । बादल लाग्दा, हावा चल्दा र पानी पर्दासमेत विद्युत् अवरुद्ध हुने गर्दछ । ‘अब राष्ट्रिय लाइन आयोजना बिजुलीका दुःख हट्ने भयो भनेर खुसी भयौँ,’ सदरमुकाम चैनपुरका स्थानीय बमले भने ‘झन् पहिलाको भन्दा बढी अवरुद्ध हुन थाल्यो । देश लोडसेडिङ मुक्त भनेर घोषणा भएको छ । हामी भने हप्तौँसम्म अन्धकारमै बस्नुपरेको छ ।’पुस र माघ महिनामा हिमपात हुँदा बझाङको विद्युत् सेवा १० पटकभन्दा बढी अवरुद्ध भइसकेको र माघ अन्तिम साता त हप्तादिन भन्दा बढी विद्युत् नआएको उनले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी