२०८१ मंसिर ९, आईतबार
महेन्द्रनगर । भारतीय राज्य बिहारका पूर्वमुख्यमन्त्री एवं राष्ट्रिय जनता दलका प्रमुख लालुप्रसाद यादवलाई चारा घोटाला मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएको छ ।
बिबिसी हिन्दीका अनुसार झारखण्डस्थित सिबिआईको विशेष अदालतले चारा घोटालाको पाँचौं मुद्दामा यादवलाई ६० लाख भारू जरिवाना तिराउने निर्णय पनि गरेको छ । झारखण्डसँग जोडिएको चारा र पशुपालन घोटालाको अन्तिम मुद्दा थियो । १५ फेब्रुअरीमा अदालतले यादवलाई यो मुद्दामा दोषी ठहर गरेको थियो ।
२०१७ मा चारा र पशुपालन घोटालाका अन्य मुद्दामा दोषी ठहर भएका यादवले ८ महिना जेलमा बिताएका छन् भने ३१ महिना अस्पतालमा बसेका छन् ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी