२०८१ मंसिर ६, बिहिबार
साउन १८ अछाम
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) अछामले जिल्ला प्रशासन कार्यालय अछाम र शिक्षा समन्वय ईकाइ अछामलाई आज छुट्टाछुट्टै ज्ञापन पत्र वुझाएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्ल र शिक्षा समन्वय ईकाइका सूचना अधिकारी मदनबहादुर विष्टलाई ज्ञापन पत्र वुझाएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष शंकर विष्टले जानकारी दिनुभयो । ज्ञापन पत्रमा नेपाल सरकारद्धारा पेट्रोलियम पदार्थमा २८ प्रतिशतले मूल्य वृद्धि गर्ने निर्णयको विरोध गरेको छ । साथै प्रमुख जिल्ला अधिकारी मल्ल मार्फत सरकारलाई पेट्रोलियम पदार्थमा वढाएको मूल्य वृद्धि फिर्ता गर्न माग गरेको छ ।
यस्तै जिल्ला प्रशासन मार्फत छोटो तथा लामो दुरीका यातायातका साधनको मूल्य सार्वजनिक गर्न माग गरिएको अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष विष्टले जानकारी दिनुभयो । शिक्षा समन्वय ईकाई अछामलाई वुझाएको ज्ञापन पत्रमा विद्यालय सञ्चालन गर्नु पूर्व सम्पूर्ण शिक्षक र विद्यार्थीलाई कोरोना भाईरस विरुद्धको खोप लगाउनको लागि ध्यानाकर्षण गराएको छ । नेपाल सरकारले कक्षा १ देखि १२ सम्म निःशुल्क शिक्षा घोषणा गरेको भएपनि केही विद्यालयले विभिन्न वाहनामा चर्का शुःल्क लिएको पाएको भन्दै तत्काल रोक्न माग गरिएको अध्यक्ष विष्टले जानकारी दिनुभएको छ । शिक्षा समन्वय ईकाई अछामलाई वुझाएको ज्ञापन पत्रमा विद्यालय सञ्चालन अगावै सम्पूर्ण विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पु¥याउन माग पनि गरिएको छ । ज्ञापन पत्र बुझाउने कार्यक्रममा अनेरास्ववियु केन््रीय कमिटी सदस्य तथा जिल्ला उपाध्यक्ष टेक बहादुर बटाला, केन्द्रिय कमिटी सदस्य मिन बहादुर सोडारी लगाएतको सहभागीता रहेको थियो ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी