२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर । हलिया मुक्तिको १३ वर्षपछि समस्या अध्ययन गर्न डडेल्धुराका गाउँमा सरकारी कार्यदल आइपुगेको छ । सरकारले मुक्त हलिया, कमैया र हरुवा चरुवाका समस्या अध्ययन गर्न श्याम श्रेष्ठको संयोजकत्वमा गठन गरेको कार्यदल यती बेला सुदूरपश्चिम प्रदेशका गाउँ गाउँमा पुगीरहेको छ ।
१३ बर्ष पहिलो मुक्ती घोषणा भएका सुदूरपश्चिम र कर्णाली प्रदेशका मुक्त हलिया परियच पत्र समेत नपाउँदा सरकारी सेवा सुविधाबाट बञ्चीत छन् । मुक्ती घोषणा भएपछि अरुको हलो जोेतेर खाने हलिया सुमदाय जिवन धान्न नसक्ने अवस्था सिर्जन भएको छ । सरकारी कार्यदल डडेल्धुरा अमरगढी नगरपालिका ८ मा पुगेपछि यहाँका मुक्त हलिया समुदायका नागरिकले आफना गुनासाहरु सुनाएको मुक्त हलियाका समस्या अध्ययन गर्न कार्यदलका ै सदस्य गणेश विकले बताए ।
समाजले नै तिरसकार गरेकाले गाउँ नै अर्को ठाउँ सर्न स्थानीय शान्ती दमाईको माग छन् । डडेल्धुरामा २५ सय मुक्त हलियाको नाम सरकारी तथ्याङकमा रहेको भएपनि त्यो भन्दा बढीको तथ्याङक नै संकलन नभएको गुनासो छ । क वर्गकै परिचय पत्र पाउने ५६ जनाले समेत अहिले सम्म घर जग्गा पाएका छन् । रकम पनि २ देखी ३ लाख घर बनाउन सरकारले दिने गरेको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी