२०८१ चैत्र २८, बिहिबार ६ : ३४ : ३१
महेन्द्रनगर । बैतडीमा विद्युतीय राहदानी प्रणाली सञ्चालन नहुँदा सेवाग्राही समस्यामा परेका छन् । विद्युतीय राहदानी जारी गर्न जिल्ला प्रशासन कार्यालय बैतडीले मंसिर २ गतेदेखि एमआरपी पासपोर्ट वितरण बन्द गरेको थियो ।
तीन महिनासम्म पनि विद्युतीय राहदानी प्रणाली सञ्चालन नहुँदा विदेश जाने तयारीमा रहेकाहरु समस्यामा परेका छन् । अत्यन्त आवश्यक भएर कारण र प्रमाणसहित आएका सेवाग्राहीबाहेक अन्य राहदानीको द्रुत सिफारिस र साधारण राहदानी फारम संकलन मंसिरदेखि बन्द रहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए ।
उनले भने, ’विद्युतीय राहदानी जारी गर्ने भनेर एमआरपी बन्द गरिएको हो, तर हालसम्म पनि विद्युतीय राहदानी वितरण शुरु हुन सकेको छैन।’ सरकारले प्रत्येक जिल्ला प्रशासन कार्यालयबाट विद्युतीय राहदानी वितरण गर्ने रणनीति लिए पनि उक्त प्रणाली जडान गर्न प्राविधिक टोली नआउदा ढिलाइ भएको सूचना अधिकारी भारतीको भनाइ छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
paschimaaja@gmail.com
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी
सम्पादक: भूपी उपाध्याय