२०८१ मंसिर १०, सोमबार
कञ्चनपुर:
आउँदो मगलबार राष्ट्रिय प्रजातन्त्र पाटीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङदेन कञ्चनपुरको महेन्द्रनगर आउने भएका छन । राप्रपा कञ्चनपुरले मगलबार (१७ फागुन) महेन्द्रंनगर स्मारकमा हुने आमसभा सम्बोधनका लागि आउने भएका हुन ।
राप्रपा कञ्चननपुरले बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै राप्रपा केन्द्रीय अध्यक्ष लिङदेन सहितका शिर्ष नेता जिल्ला आउने जनाएको छ । राप्रपा कञ्चनपुरका अध्यक्ष गजेन्द्र बहादुर चन्दले पहिलो पटक अध्यक्ष जिल्ला आउन लागेको बताए । पार्टी अध्यक्ष लिङदेनसंगै उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री धवलसिह राणा, प्रवक्ता ज्ञानेन्द्र शाहीका नेताहरु कञ्चनपुर आउने भएका छन । ‘महाशिवरात्रीकै दिन राप्रपाले राखेको आमसभामा जनता जेरी खाँदै हाम्रो कार्यक्रममा सहभागि हुनेछन, ‘अध्यक्ष चन्दले भने, ‘राप्रपा कञ्चनपुर आमसभाका लागि तयारीकमा जुटेको छ ।’
राप्रपा सुदूरपश्चिम प्रदेशका अध्यक्ष धर्मराज जाशीले राप्रपामा युवाहरुको आकर्षिण बढेको बताए । ‘एमसीसी पास गराउनका लागि काँग्रेस तलदेखि माथिसम्म लागि परेका छन, ‘उनले भने, ‘प्रमुख प्रतिपक्षीय दल एमाले समेत पक्षमा देखिएको छ ।’ जनता ठुला दलप्रति निरास भएकाले राप्रपा उदाउँदो शक्ति रहेको बताए । अध्यक्ष जोशीले राप्रपा जनताको घर दैलोमा पुगिरहेको बताए । प्रचार विभाग संयोजक एव राप्रपा भीमदत्त नगरका अध्यक्ष करन पालले आमसभाको गाँउ गाँउमा प्रचार प्रसार गरिएको बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी