२०८१ मंसिर ६, बिहिबार
महेन्द्रनगर । दार्चुलामा रहेको सिमा पुल राती बिहेको लागि खोलिएको समयमा एकजना महिलालाई चरेशसहित भारतिय प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम खलंगा र भारतको धार्चुला जोड्ने सीमापुलबाट एक जना नेपाली महिलालाई भारतीय एसएसबीले चरेस सहित पक्राउ गरेको हो ।
दुँहु गाउँपालिका वडा नं २ हिकिला घर भएकि अन्दाजी ४० वर्षिया सरिता बडाललाई आइतबार २ सय ७० ग्राम लागूऔषध चरेस सहित पक्राउ गरिएको पुलघाट प्रहरी पोस्टका इन्चार्ज सहायक प्रहरी निरीक्षक भरत बहादुर बोहराले मानसखण्डलाई जानकारी दिएका छन् ।
फागुन ७ गते साझँ साढे सात बजे बिहेका लागि सीमापुल खोलिएको सीमापुलमा चरेश लगेर भारत प्रवेश गर्न लागेकी बडाललार्ई भारतीय एसएसबीले चेकजाँच गर्दा चरेश फेला परेको उनले बताए ।
“नेपाली महिला भारतमा चरेस सहित पक्राउ परेको जानकारी भारतीय पक्षले दोस्रो लिन मात्रै खबर गय्रो ।” पुलघाट प्रहरी पोस्टका इन्चार्ज सहायक प्रहरी निरीक्षक बोहराले भने, “अहिले ति महिलालाई भारतीय अदालतको आदेशमा डीडीहाट जेलमा राखिएको छ ।”
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी