२०८१ मंसिर १०, सोमबार
महेन्द्रनगर । कैलालीमा भएको धनगढी मेयर लिटल फ्लार प्रिमियर लिग–६ विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको क्रिकेट टिमलाई अभद्र व्यवहार तथा हेपाहा व्यवहार गरिएको प्रतिष्पर्धामा रहेको बिधालयले आरोप लगाएको छ ।
कञ्चनपुरको दोधारचाँदनी नगरपालिका ४ मा रहेको शारदा सरस्वती मावी बिधालयले सेमीफाईनल खेल खेल्नको लागि अत्तरियाको सत्यवती एकेडेमी विधालयसंग खेल खेल्दा आयोजकले एकोहोरो आफनै नियम लगाएर अभद्र व्यवहार तथा हेपाहा शब्दको प्रयोग गरिएको टिम कोच तथा शिक्षक रमेश सिंह सावदले बताए ।
सेमीफाईनल खेलमा आफनो टिमलाई १ सय ३ रन ८ विकेटको क्षतीमा सत्यबतीले खेलेको र आफनो टिम खेल्न जाँदा अचानक हावाहुरी आयो खेल केही बेर आधा घण्टा जती खेल रोकियो, अब फेरी खेल सुचारु गर्ने भन्दा समय छैन् अब डिएल मेथडबाट खेल्ने भनियो, उक्त मेथडमा खेल खेलिएको समयको आधारमा ओभर र रन घटाईन्छ, जब खेल खेल्न प्रयाप्त समय हुँदा पनि जवरजस्ती उक्त नियम लागु भयो शिक्षक सावदले भने,
हामीले उक्त मेथड अनुसार कति भयो त रन र ओभर ? भन्दा आयोजकले रन ९४ र ओभर १५ भन्यो जुन मेथड नियम अनुसार मिलेको थिएन् हामीलाई शंका लाग्यो र सोध्न खोज्दा माथीबाट आएको भन्दै हामीले तुरुन्तै आईसिसिका अम्पाएर विनय झालाई फोन गरेर जानकारी दियौ, उनले तुरुन्ते आयोजकलाई भनेर खेल रोक्न लगाएर मेथड अनुसार रन ८४ हुन्छ त्यही अनुसार खेल्ने भन्दा आयोजकले उक्त खेल नखेलाएर भोली अर्थात फागुन १४ गते १० ओभरको खेल खेलाईने निर्णय गय्रो जुन निर्णयको हामीले फोटोकपी मागदा भोली नै दिन्छौ खेल मैदानमा आउनु भन्ने खबर पश्चात हामी दोस्रोदिन खेल खेल्न तयार भएर खेलाडीलाई मैदानमा पठाउँदा निर्णयको फोटोकपी माग गर्दा हामीलाई धनगढी मेयर लिटल फ्लार प्रिमियर लिग–६ विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अध्यक्ष रामचन्द्र शाही, अम्पाएर महेश बोहरा लगायतले कुनै पनि निर्णय दिदैनौ, खेल खेल्न आएको की बिथोल्न आएको , खेल खेल्ने भए खेल्नु नत्र बाहिर जानु हामी अर्काे टिमलाई विजय घोषणा गर्छाै, जे गर्छाै गर, भन्दै हेपाहा अनुसासन हिन शब्द प्रयोग गरेको शिक्षक सावदले बताए ।
नियम विपरित जाँदा पनि आफुले नियम संगत गरौ भन्दा पनि उल्टै हेपाहा व्यवहार आयोजकले देखाएको उनले गुनाशो गरे, नियम विपरित खेल खेलाउने र खेल्ने सबै मिलेको उनले आरोप लगाए ।
आफनो टिममा स्थानिय युवा मात्र रहेको तर अन्य १० वटा टिममा अन्तराष्टिय खेल खेलेका खेलाडीहरु पनि थिए स्थानिय खेललाई प्रोत्साहन गर्ने भनेर नाम राख्ने तर व्यवहार भने तुच्छ देखाउने शिक्षक सावदले भने,
क्यानबाट अनुमती लिएर खेल खेलाईनु पर्ने तथा सत्य तथ्य छानविन हुन पर्ने उनिहरुको माग रहेको छ,
यता, धनगढी मेयर लिटल फ्लार प्रिमियर लिग–६ विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता अध्यक्ष रामचन्द्र शाहीले आफु माथी लगाईएको सबै आरोप झुटा भएको बताएका छन् । सबै नियम संगत खेल खेलाईएको र कसैलाई पनि अभद्र व्यवहार नगरेको उनले बताए । खेल खेल्दा टसको लागि खेलाडीहरु मैदानमा नआएपछि स्वतः नियमले अर्काे टिम विजेता घोषित भएको उनले बताए । अब उप्रान्त उक्त खेलमा कहिले पनि भाग नलिने उनले बताए ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी