२०८१ मंसिर ८, शनिबार
महेन्द्रनगर ।
दार्चुलामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटिदिँदा नेपाली युवक बेपत्ता भएको घटनाको घटनास्थलमा गएका नेपाली सुुरक्षाकर्मीको टोली सोमवार सदरमुकाम पुगेको छ ।
सुरक्षाकर्मीको टोलीले प्रत्यक्षदर्शीहरु कल्याण धामी, अनीता धामी र विक्रम धामीलाई लिएर सदरमुकाम खलंगा पुगको हो ।
तीन जना प्रत्यक्षदर्शीलाई ल्याएर सुरक्षाकर्मीको टोली सोमवार पुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक नरेन्द्र चन्दले बताए । यद्यपी घटनाका बारेमा प्रत्यक्षदर्शीसंग सोधपुछ नभएको भन्दै उनले यसबारे थप खुलाउन चाहेनन्।
शुक्रवार व्याँस गाउँपालिका–२ मालगाउँका ३३ वर्षीय जयसिंह धामी तुइनमा महाकाली नदी तर्ने क्रममा नदीमा खसेर बेपत्ता भएका थिए ।
तुइन तर्दा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेर धामी नदीमा खसेको प्रत्यक्षदर्शीले दाबी गरेका छन् । परिवारले एसएसबी विरुद्ध भारतीय थानामा उजुरी दिएका छन् ।
शनिवार घटनास्थलमा जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी, सशस्त्र प्रहरीका डीएसपी र राष्ट्रिय अनुसन्धानका प्रतिनिधि समिलित टोली गएको थियो ।
घटनापछि जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतसँग जवाफ मागेको थियो । पिथौरागढस्थित भारतीय प्रशासनले पठाएको पत्रमा सुरक्षाकर्मी त्यस क्षेत्रमा रहे पनि तुइन नकाटेको जवाफ भारतले दिएको छ ।
घटनाको सत्य, तथ्य छानविनका लागि गृहमन्त्रालयले सहसचिव जनार्दन गौतमको संयोजकत्वमा समिति गठन गरेको छ । सो छानविन टोलीले १० भित्र घटनाको बारेमा सत्य, तथ्य छानविन गरेर प्रतिवेदन तयार गर्ने छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी