२०८१ मंसिर ७, शुक्रबार
काठमाडौं । एक नाबालिग गायिकामाथि बलात्कारको आरोप लागेका नेपाली चलचित्रका नायक पल शाहमाथि फेरि म्याद थपको तयारी गरिएको छ । पलविरुद्धको अनुसन्धान नसकिएकाले म्याद थपको तयारी गरिएको हो । प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीले म्याद थप्ने तयारी भएको बताए ।
उनीविरुद्ध जिल्ला अदालत तनहुँले गएको आइतबार सात दिनको न्यायिक हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो । उक्त म्याद आज सकिँदै छ ।
पलविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा ती गायिकाका बुवाले जबर्जस्ती करणी (बलात्कार) गरेको भन्दै जाहेरी दिएका थिए । पलविरुद्ध गैँडाकोटमा अर्को जाहेरी समेत परेको छ ।
आफूलाई मादकपदार्थ सेवन गराई गत वर्ष चैत ७ गते गैँडाकोटको एक होटेलमा बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय गैँडाकोटमा अर्को जाहेरी दर्ता भएको हो । एकै घटनामा दुई स्थानमा जाहेरी दर्ता भए पनि म्याद थप, मुद्दा दर्तालगायत काम भने जिल्ला प्रहरी कार्यालय तनहुँबाटै हुने बताइएको छ ।
अराज केशव फिल्मस प्रा.लि. द्वारा संचालित
पश्चिम आजडट कम का लागि
मुख्य कार्यालय भिमदत्त १८ महेन्द्रनगर कञ्चनपुर
सम्पर्क फोन- +977-9865666008
9810770077
आन्तरिक राजश्व (पान) नं.: ६०४२८६८८६
सुचना बिभाग दर्ता नं.: २८५९-२०७८/७९
अध्यक्ष: केशव राज गिरी
प्रधान सम्पादक: रबिन कृष्ण सुवेदी